न्युजर्सीमा ब्यापक अध्यागमन छापा, २४ देशका १०५ कागजपत्रविहिन पक्राउ


प्रकाशित मिति : मंसिर २२, २०७५ शनिबार

अमेरिकाको न्युजर्सीमा अमेरिकी इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले मारेको ब्यापाक छापामा एकसय ५ जना कागजपत्रविहिनहरु पक्राउ परेका छन् । न्युजर्सीका महान्यायाधिवक्ताले कागजपत्रविहिन आप्रवासीका पक्षमा नयाँ नियम लागु गर्दै आइससँगको समन्वय कम गर्ने घोषणा गरे लगत्तै आइस आक्रमक बनेको हो ।

नोभेम्बरको अन्तिम साता न्युजर्सीका महान्यायाधिवक्ताले अमेरिकी अध्यागमन निकायलाई स्थानीय कानुन कार्यान्वय इकाईहरुले कागजपत्रविहिन आप्रवासीहरुका बारेमा प्रदान गर्ने सुचना र समन्वय कम गर्ने नियमको घोषणा गरेका थिए । आइसले त्यस्तो नियमको कडा भत्र्सना गर्दै न्युजर्सीमा आगामी दिनमा कागजपत्रविहिनहरुलाई नियन्त्रणमा लिने क्रम तीब्र पार्ने चेतावनी दिएको थियो ।

यस्तो चेतावनी लगत्तै आइसले न्युजर्सीमा छापामार्ने काम समेत तीब्र पारेको थियो । पाँचदिनसम्म मारेको छापामा पक्राउ पर्नेहरुमा नेपालीहरु भने छैनन् । ब्राजिल, क्यानडा, कोलम्बिया, मेक्सिको, ग्वाटेमाला, होण्डुरस लगायत २४ वटा देशका आप्रवासीहरु पक्राउ परेका छन् । पक्राउ पर्नेहरु १८ देखि ६५ बर्षसम्मका रहेको आइसले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आइसले भने यो छापा पूर्व निर्धारित रहेको र नोभेम्बरको अन्तिम साता न्युजर्सीका महान्यायाधिवक्ताले आइससँगको समन्वय कम गर्नेगरी ल्याएको नियमको परिणाम नरहेको दावी गरेको छ । तर स्थानीय प्रहरी र जेलहरुले कागजपत्रविहिनहरुलाई आइससमक्ष रिफर नगरेमा भने छापालाई अझ तीब्र पार्ने आइसले चेतावनी दिएको छ ।

अप्रिलयता न्युजर्सीमा आइसको यो चौथो ठूलो छापा हो । अप्रिलयता आइसले न्युजर्सीमा ३ सय भन्दा धेरै कागजपत्रविहिनलाई पक्राउ गरिसकेको छ । जसमा अधिकांश अपराधमा संलग्नहरु रहेको आइसले जनाएको छ । न्युजर्सीमा ५ लाख भन्दा धेरै कागजपत्रविहिन आप्रवासीहरुको बसोबास रहेको अनुमान गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com