के साच्चिकै निर्मला पन्तका हत्यारको पत्ता लागेको हो ?


प्रकाशित मिति : मंसिर २२, २०७५ शनिबार

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त हत्याको चार महिनापछि प्रहरीले उनकै छिमेकी वडाका दुई युवकमा अनुसन्धान केन्द्रित गरेको छ ।

भीमदत्त नगरपालिका–१८ का प्रदीप रावल र विशाल चौधरीलाई काठमाडौंबाट नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीसँगको बयानमा रावलले घटनामा आफ्नो संलग्नता रहेको भनी स्वीकार गरेको समाचारहरु बाहिर आएका छन् ।

कतिसम्म भने प्रहरी प्रमख सर्वेन्द्र खनालले राती दुई बजेसम्म रावलको आफैले बयान लिएका समाचाारहरु आईरहेका छन् । यद्धपी आधिकरी रुपमा प्रहरी अधिकारीहर कोही बोल्न मानिरहेका छैनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उता उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले भने निर्मला पन्तका हत्यार पत्ता लागिसकेको भन्दै छिटै सार्वजनिक गरिने बताएका छन् । ललितपुरमा आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले राजनीतिक दलको आवारणमा कुनै शक्ति निर्मला पन्तका हत्यार जोगाउन आउने सम्भावना रहेको बताएका छन् ।

पोखरेलको यो भनाईले निर्मला पन्तका हत्यारा को हुन्, कुन राजनीतिक दलले उसलाई बचाउन खोज्दैछ भनि गम्भीर प्रश्न खडा गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com