'जाग, लम्क, चम्क' भन्दै यसरी नाचे बाबुराम - KHASOKHAS

‘जाग, लम्क, चम्क’ भन्दै यसरी नाचे बाबुराम

पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले ‘जाग, लम्क, चम्क ए नौजवान हो’ गीतमा बालबालिकासँग नाचेको भिडियो आफ्नो सामाजिक सञ्जालमा अपलोड गरेका छन् । खोटाङमा सुभद्रा मदन फाउण्डेशनबाट संचालित व्यवहारबाट ज्ञान सिक्ने स्कुलका विद्यार्थीहरुसँग बाबुराम भट्टराई नाचेका हुन् ।

झण्डै ४ मिनेट लामो भिडियोमा अरुहरु नाचेपनि बाबुराम भने बीचमा ताली बजाउँदै तालमात्र मिलाएका छन् । ट्वीटरमा समेत फोटो राख्दै उनले भनेका छन् – ‘हामीले प्राप्तगरेको शिक्षा कति अपूरो रहेछ भन्ने आज खोटांगको वैकल्पिक शिक्षाप्राप्त साना नानीहरूले प्रदर्शन गरेको वहुप्रतिभा सामुन्ने आफु फुच्चे देखिएपछि वोध भयो१कहिल्यै नाच्न नसिकेको आफुले यी बाजुराकी सानी नानीबाट अलिकति सिक्ने कोशिश गरियो१तर बुढो सुगालाई सिक्न के सजिलो हुन्थ्यो?’

शुक्रबार, मंसिर २१, २०७५ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री

WP Facebook Auto Publish Powered By : XYZScripts.com