न्युयोर्क सिटीमा ग्रिनकार्डका लागि ३४ महिनासम्म ! यस्तो छ ढिलाईको कारण


प्रकाशित मिति : मंसिर २१, २०७५ शुक्रबार

विगत २ बर्षदेखि अमेरिकामा ग्रिनकार्ड र नागरिकताका आवेदनहरुमा ढिलाई हुँदै गइरहेको छ । अमेरिकी सरकारले आवेदन दिएको तीनचार महिनाभित्रै ग्रिनकार्ड वा नागरिकता प्रदान गर्दै आएकोमा अहिले यो अवधि एकदेखि दुईबर्षसम्म पुगेको छ ।

न्युयोर्क सिटीमा अहिले ग्रिनकार्डका लागि १७ देखि ३४ महिनासम्म लाग्न थालेको छ । युएससीआईएसका अनुशार रोजगारमा आधारित ग्रिनकार्डका लागि न्युयोर्क सिटीमा १३ देखि २३ महिनासम्म लाग्न थालेको छ भने परिवारमा आधारित ग्रिनकार्डका लागि १७ देखि ३१ महिनासम्म लाग्न थालेको छ ।

त्यस्तै न्युयोर्क सिटीमा नागरिकता आवेदनका लागि ११ देखि २२ महिनासम्म लाग्ने गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युएससीआईएसको कुन फिल्ड अफिस वा कुन सर्भिस सेन्टरमा कुन आवेदनका लागि कति समय लागिरहेको छ भन्ने चेक गर्न यहाँ क्लिक गर्नुहोला ।

यसरी लामो समय लाग्नुको कारण भने युएससीआईएसले कामको चाप भएको बताएको छ । युएससीआईएसका अनुशार विगत दुईबर्षमा कामको चाप २५ प्रतिशतले बढेको छ । खासगरी अमेरिकी नागरिकताका लागि दिने आवेदनको संख्या अहिले ह्वात्तै बढेको छ ।

आर्थिक बर्ष सन् २०१३ देखि १५ सम्ममा युएससीआईएसमा ७ लाख ७७ हजार नागरिकताका आवेदन परेकोमा आर्थिक बर्ष सन् २०१६ र १७ मा ९ लाख ७९ हजार नागरिकता आवेदन परेको युएससीआईएसले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com