कार्यकारी महान्यायाधिवक्ताको एसाइलममाथि पहिलो आक्रमण, निर्णयका लागि आफूसमक्ष झिकाए मुद्दा


प्रकाशित मिति : मंसिर २१, २०७५ शुक्रबार

अमेरिकी डिपार्टमेन्ट अफ जस्टिसका कार्यकारी महान्यायाधिवक्ता म्याथ्यु ह्वाइटेकरले एसाइलममाथिको आक्रमण सुरु गरेका छन् । गतमहिना राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्याधिवक्ता जेफ सेसनलाई पदबाट हटाएपछि म्याथ्यु कार्यकारी महान्यायाधिवक्तामा नियुक्त भएका थिए ।

बोर्ड अफ इमिग्रेशन अपिलललाई निर्देशन दिदै कार्यकारी महान्यायाधिवक्ता जेफ सेसनलाई एसाइलमको मुद्दालाई पुनरावलोकन र निर्णयका लागि आफूसमक्ष झिकाएका छन् । उनले यो मुद्दाका दुबै पक्षलाई आफ्ना तर्कहरु पेश गर्न समेत आगामी जनबरी ४ सम्मको मिति दिएका छन् ।

कुनै सामाजिक समुहमा सदस्य भएको आधारमा व्यक्तिलाई खतरा हुने कुरा स्थापित गर्न यो मुद्दाका पक्षहरुले १५ हजार शब्दसम्मको विवरण बनाउन सक्नेछन् । त्यो बाहेक यो मुद्दामा सुझाव दिन चाहने बाहिरी पक्षले जनबरी १८ भित्र ९ हजार शब्दसम्मको विवरण बुझाउन सक्नेछन् । त्यसपछि जनबरी १८ भित्रै मुद्दाका पक्षहरुले ६ हजार शब्दभित्र आफ्नो जवाफ पठाउन सक्नेछन् ।

कार्यकारी महान्याधिवक्ताले एसाइलमको मुद्दा आफूसमक्ष झिकाएको यो घटनाले एसाइलमका अरु मुद्दाहरु पनि प्रभावित हुने जनाइएको छ । खासगरी कुनै समुह वा पार्टीमा सदस्य भएको आधारमा आफूलाई निशानामा पारिएको र देशमा फर्कन गाह्रो हुने भन्दै दिइएका आवेदनहरुलाई यसले अप्ठ्यारोमा पार्नसक्ने विश्लेषण गरिएको छ ।

कार्यकारी महान्यायाधिवक्ताले झिकाएको मुद्दा सन् २०१३ मा अमेरिकाको अध्यागमन अदालतबाट अस्वीकृत भएको थियो । त्यसपछि सन् २०१७ मा अपिल पनि खारेज गरिएको थियो । यो मुद्दामा अदालतले सामाजिक समुहमा सदस्यता कानुनी हिसाबले राम्रो रहेको ठहर गर्दै भविश्यमा यो आधारमा एसाइलम दावी गर्न चाहनेहरुलाई बाटो खोलिदिएका थियो ।

तर कार्यकारी महान्यायाधिवक्ताले यो आधारमा एसाइलमका लागि बाटो खोल्न यति छिटो हतार गर्न नहुने ठहर गर्दै मुद्दा आफूसमक्ष झिकाएका छन् । कार्यकारी महान्यायाधिवक्ताको निर्णय जनवरीको अन्तिमसम्म आउने अपेक्षा गरिएको छ ।

कार्यकारी महान्यायाधिवक्ता म्याथ्युले त्यही कानुनी बाटो समाएका छन्, जुन बाटोबाट तत्कालिन महान्याधिवक्ताले गत जुनमा घरेलु हिंशा र गिरोहको हिंशाबाट पिडितहरुलाई एसाइलममा सिमाबन्दी लगाएका थिए । कार्यकारी महान्यायाधिवक्ताको यो कदमलाई एसाइलमबिरुद्धको पहिलो आक्रमणका रुपमा लिइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com