युएससीआईएसमा ४३ प्रकारका आवेदनमा क्रेडिटकार्डबाट शुल्क तिर्न सकिने


प्रकाशित मिति : मंसिर २१, २०७५ शुक्रबार

के तपाईलाई थाहा छ ? अमेरिकी सरकारको युएससीआईएसमा दिइने कैयन आवेदनको शुल्क क्रेडिट कार्डबाट सहजै तिर्न सकिन्छ । यदि तपाईको आवेदन युएससीआईएसको लकबक्स फेसिलिटीमार्फत प्रकृयामा जाने खालको छ भने तपाईले आवेदन शुल्क र औंठाछाप शुल्क क्रेडिट कार्डबाट तिर्न सक्नुहुनेछ ।

युएससीआईएसले ४३ प्रकारका आवेदनहरु युएससीआईएसको लकबक्स फेसिलिटीमार्फत प्रकृयामा जाने व्यवस्था गरेको छ । जसमा आफन्तका लागि गरिने ग्रिनकार्ड आवेदन आई १३०, ट्राभल डकुमेन्ट आवेदन, ग्रिनकार्डको पुनस्थार्पन, टीपीएस आवेदन, नागरिकता आवेदन लगायत रहेका छन् ।

तपाईले भिसा, मास्टरकार्ड, अमेरिकन एक्सप्रेस र डिस्कभर कार्डमार्फत शुल्क तिर्न सक्नुहुनेछ । तर तिर्नु अगाडि तपाईको कार्डमा प्रयाप्त रकम भए नभएको जाँच गर्न जरुरी छ । कार्ड डिक्लाइन भएमा तपाईको आवेदन युएससीआईएसले अस्वीकृत गर्नेछ भने एकपटक कार्ड डिक्लाइन भएमा युएससीआईएसले अर्कोपटक प्रयास गर्दैन ।

क्रेडिट कार्डमार्फत शुल्क तिर्नका लागि जी १४५० नामको फर्म भरेर आवेदनको सबैभन्दा अगाडिको पेजमा राख्नुपर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युएससीआईएसमा आवेदन पुगीसकेपछि युएससीआईएसले तोकिएको रकममात्र क्रेडिट कार्डबाट चार्ज गर्नेछ । त्यसपछि आवेदकको सुरक्षाको लागि क्रेडिट कार्डको विवरण भरिएको उक्त फर्म नष्ट गर्नेछ ।

क्रेडिट कार्डबाट शुल्क तिर्दा हरेक फर्मको लागि छुट्टा छुटटै जी १४५० भर्न आवश्यक छ । यद्यपी एउटा आवेदन शुल्क र औंठाछाप शुल्क भने एउटै जी १४५० मार्फत तिर्न सकिन्छ ।

याद राख्नुहोस्, यदि तपाईले धेरै आवेदनमा एउटामात्र जी १४५० फर्म भरेर पठाउनुभयो भने तपाईको आवेदन युएससीआईएसले अस्वीकार गर्नेछ । त्यस्तै एउटै आवेदनका लागि मर्न अर्डर, चेक र क्रेडिट कार्ड मिसाएर पठाएमा पनि आवेदन अस्वीकार गर्नेछ ।

यदि एउटा आवेदनका लागि दुईवटा क्रेडिटकार्डमार्फत शुल्क तिर्नुपर्ने भएमा दुई वटा जी १४५० फर्म भरेर कुन क्रेडिट कार्डबाट कति शुल्क तिर्न चाहेको हो खुलाएर पठाउनुपर्छ । कुनै आवेदन शुल्क ४ सय डर रहेमा एउटा कार्डबाट ३ सय र अर्कोबाट १ सय तिर्न सकिन्छ । तर दुईवटै कार्डको विवरण दुईवटा जी १४५० फर्मममा खुलाएर कुन कार्डबाट कति तिर्न चाहेको हो स्पष्ट पार्नुपर्छ ।

क्रेडिट कार्डबाट शुल्क तिर्दा समेत युएससीआईएसलाई अतिरिक्त रकम तिर्नुपर्दैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com