न्युयोर्क र कनेक्टिकटमा ग्रिनकार्डका लागि नक्कली विवाहको धन्दा चलाउने ५ जना फन्दामा


प्रकाशित मिति : मंसिर २१, २०७५ शुक्रबार

अमेरिकी सरकारले ५ जना व्यक्तिलाई ग्रिनकार्डका लागि नक्कली विवाह गराउने धन्दामा संलग्न पाँचजनालाई अमेरिकी अध्यागमन सुविधाका लागि नक्कली विवाह गराएको अभियोगमा मुद्दा चलाएको छ । युएस एटोर्नी फर कनेक्टिकट, बोष्टनको होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशनका स्पेश एजेन्ट इन्चार्ज, युएससीआईएसका निरक्षण अध्यागमन अधिकारी र फ्रड डिटेक्सन तथा राष्ट्रिय सुरक्षा कार्यालयले ५ जनाबिरुद्ध संघीय अपराधको अभियोगमा मुद्दा चलाइएको घोषणा गरेका हुन् ।

बिज्रपोर्टका ३५ बर्षका कार्ल जारेट, ३४ बर्षका केनोल नोयल, ३९ बर्षका रिकी अवेन, न्युयोर्कका ५९ बर्षीय मार्भेन बिलियम्स र न्युयोर्कका ४४ बर्षीय ड्वीट हेनरीलाई कैयन नक्कली विवाह गराएको अभियोग लगाइएको छ । उनीहरुमध्ये तीनजनालाई गिरफ्तारपछि धरौटीमा छाडिएको छ भने दुईजनालाई हिराशतमा राखिएको छ । उनीहरुको अभियोग प्रमाणित भएमा १० देखि ३० बर्षसम्मको जेलसजाय हुनसक्ने जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकामा ग्रिनकार्डका लागि नक्कली विवाहको विगबिगी बढ्दै गएपछि अमेरिकी सरकारले विवाहमार्फत पाइने ग्रिनकार्डमा समेत कडाई गरिरहेको छ । विवाहमार्फत ग्रिनकार्डका लागि आवेदन दिंदा विवाह सक्कली भएको प्रमाणित गर्ने अतिरिक्त कागजातहरुसमेत अमेरिकी सरकारले माग्दै आएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com