यस्ता छन् युएससीआईएस कार्यालयमा आज स्थगित अन्तरवार्ताका नयाँ मिति


प्रकाशित मिति : मंसिर १९, २०७५ बुधबार

अमेरिकी सरकारले आज पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुसको मृत्युमा शोक मनाउने क्रममा सबै संघीय कार्यालयहरु बन्द गरेपछि त्यसबाट नेपालीहरु पनि ठूलो संख्यामा प्रभावित भएका छन् । युएससीआईएसका कार्यालयहरु, एसाइलम अदालत लगायत बन्द भएकाले आजका लागि तय भएका अध्यागमन सम्बन्धित सबै अन्तरवार्ता र सुनुवाईहरु अर्को मितिमा सारिने भएको छ ।

युएससीआईएसकी प्रवक्ता क्याथरिन टिकचेकले खसोखाससँग कुराकानी गर्दै अर्को मितिमा सारिएका अन्तरवार्ता र अप्वाइन्टमेन्टहरुबारे आवेदकलाई अलग अलग जानकारी दिइने बताएकी छिन् । यद्यपी न्युयोर्क र न्युजर्सीमा रहेका युएससीआईएसका कार्यालयहरुमा आज तय भएका अन्तरवार्ता र अप्वाइन्टमेन्टहरुका लागि तोकिएका नयाँ मिति यस्ता छन् ।

न्युयोर्कको लङ आइल्याण्डमा रहेको एसाइलम अफिसमा आज डिसेम्बर ५ का लागि तय गरिएका सबै एसाइलमका अन्तरवार्ताहरु डिसेम्बर २६ र ३१ का लागि तय गरिएको छ । युएससीआईएसले यसबारे सबै आवेदकलाई अलगअलग जानकारी गराउनेछ ।

न्युयोर्क सिटीका एप्लिकेशन सपोर्ट सेन्टरहरुमा आज डिसेम्बर ५ का लागि तय भएका बायोमेट्रिक अप्वाइन्टमेन्ट (औठाछाप र तस्वीरका लागि अप्वाइन्टमेन्ट) हरुका सन्दर्भमा भोलि डिसेम्बर ६ र त्यसपछिका दिनमा तुरुन्तै वाक इन जानुपर्नेछ । यदि वाक इन नजानेहरुका सन्दर्भमा अप्वाइन्टमेन्टहरु स्वत अर्को मितिका लागि तय गरिनेछ र आवेदकलाई सुचित गरिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्कको म्यानहटन अफिसमा आज डिसेम्बर ५ का लागि तय भएका इन्फोपास अप्वाइन्टमेन्टहरुलाई २ साताभित्र नयाँ मिति दिइनेछ । युएससीआईएसले सबै आवेदकलाई तोकिएको नयाँ अप्वाइन्टमेन्टको मिति र समयसहित जानकारी गराउनेछ ।

न्युयोर्कको म्यानहटनमा रहेको २६ फेडेरल प्लाजामा आज डिसेम्बर ५ का लागि तय भएका सबै अध्यागमन सुविधाबारेका अन्तरवार्ताहरु जनवरी २९, २०१९ का लागि तय गरिएको छ । जसबारे युएससीआईएसले सबै आवेदकलाई अलग अलग जानकारी गराउनेछ ।

न्युयोर्कको बु्रकलिनमा रहेको इस्टर्न डिस्ट्रिक्ट कोर्टमा नागरिकता वितरणका लागि तय भएकाहरुका लागि डिसेम्बर १९ बुधबारका लागि नयाँ मिति तोकिएको छ । युएससीआईएसले सबै आवेदकलाई यसबारे अलग अलग जानकारी गराउनेछ ।

न्युजर्सीको नेवार्कमा आज डिसेम्बर ५ का लागि तय भएका प्राय आवेदकका युएससीआईएस अन्तरवार्ताहरु बिहिबार डिसेम्बर ६ का लागि तय गरिएको छ । यद्यपी कतिपय नागरिकता अन्तरवार्ताहरु डिसेम्बर १० सोमबारका लागि तोकिएको छ । युएससीआईएसले सबै आवेदकलाई यसबारे अलग अलग सुचनाबाट जानकारी गराउनेछ ।

न्युजर्सीका युएससीआईएस कार्यालयमा आज डिसेम्बर ५ का लागि तय भएका इन्फोपास अप्वाइन्टहरु पनि पुन अर्को मितिका लागि तय गरिने भएको छ । युएससीआईएसले सबै आवेदकलाई यसबारे अलग अलग सुचनाबाट जानकारी गराउनेछ ।

न्युजर्सीको एलिबेथ र ह्याकेनस्याकमा आज डिसेम्बर ५ का लागि तय भएका बायोमेट्रिक अप्वाइन्टमेन्ट (औठाछाप र तस्वीरका लागि अप्वाइन्टमेन्ट) हरु अर्को मितिका लागि तय गरिएको छ । युएससीआईएसले सबै आवेदकलाई तीनसाताभित्र यसबारे अलग अलग सुचनाबाट जानकारी गराउनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com