आजका लागि तय भएका एसाइलम अन्तरवार्ता स्थगित, जनवरी २९ मा हुने


प्रकाशित मिति : मंसिर १९, २०७५ बुधबार

अमेरिकी सरकारले आज राष्ट्रीय शोक दिवसको घोषणा गरेपछि आजका लागि तय भएका एसाइलमका अन्तरवार्ताहरु झण्डै डेढमहिनापछि सारिएको छ । न्युयोर्कको एसाइलम अफिसमा आजका लागि तय भएका सबै एसाइलम अन्तरवार्ताहरु जनवरी २९ का लागि सारिएको छ ।

न्युयोर्कको मुनगोभन एण्ड एसोसिएट्सका कानुनी निर्देशक श्री पराजुलीका अनुशार आजका लागि तय भएका सबै एसाइलम अन्तरवार्ता जनवरी २९ का लागि सारिएकाले त्यही अनुशार तयारी गर्न आवेदकहरुलाई सुझाव दिएका छन् । अन्य राज्यमा रहेका एसाइलम आवेदकले थप जानकारीका लागि युएससीआईएस कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।

पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुसको मृत्युमा शोक मनाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिसेम्बर ५ लाई शोक दिवसको घोषणा गरेका हुन् । अमेरिकाका ४१ औं राष्ट्रपतिको मृत्युमा शोक मनाउन आज अमेरिकाका सबै सरकारी कार्यालयहरू बन्द गरिएको छ । आज युएससीआईएसका सबै कार्यालयहरू बन्द छन् भने अध्यागमन सम्बन्धित सबै अन्तरवार्ताहरू अर्को मितिमा सारिने भएको छ ।

आजका लागि तय भएका सबै नागरिकता वितरण कार्यक्रम र अप्वाईन्टमेन्ट पनि अर्को मितिमा सारिने युएससीआईएसले जनाएको छ ।

आजका लागि तय भएका सबै बायोमेट्रिक अप्वाईन्टमेन्ट पनि पछि सारिएको छ । नयाँ मिति सहितको सुचना ३ साताभित्र आवेदकलाई पठाउने युएससीआईएसले जनाएको छ ।

आजका लागि तय भएका अदालती सुनुवाईहरुको मिति पनि पछि सारिएको छ । जसबाट ठूलो संख्यामा नेपालीहरु समेत प्रभावित भएका छन् । आजका अदालती सुनुवाईका सन्दर्भमा नयाँ मिति तय गरेर दुबै पक्षलाई जानकारी दिने सरकारी सुचनामा उल्लेख छ ।

आफ्नो कानुनी कार्यालयका तर्फबाट पनि आजका लागि ४ वटा व्यक्तिगत सुनुवाईको मिति रहेको र ती सबै सुनुवाईहरु पछि सरेको मुनगोभन एण्ड एसोसिएट्सका कानुनी निर्देशक श्री पराजुलीले जानकारी दिनुभयो ।

युएससीआईएसमा तय भएका इन्फो पास अप्वाइन्टमेन्टहरु पनि भोलिपल्ट वा दुईसाताका लागि पछि सारिएको जनाइएको छ । बुक्रलिन र सेन्ट्रल स्लीपमा रहेका इस्र्टन डिस्ट्रिक्ट कोर्ट पनि बुधबार बन्द छन् भने नागरिकताका लागि आजको मितिमा तय भएका केसहरु डिसेम्बर १९ का लागि सारिएको जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com