Follow @khasokhasmag

पोर्न भिडियोमा आफ्नी श्रीमतीलाई देखेको दाबी गर्दै प्रहरीचौकी पुगेपछि…


प्रकाशित मिति : मंसिर १९, २०७५ बुधबार

भारतको बैंगलोरमा एक व्याक्तिले आफ्नो श्रीमतीले पोर्न फिल्म खेलेको आरोप लगाएका छन् । ती ३७ वर्षीय व्यक्तिले आफ्नी गर्भवती श्रीमतीलाई यस्तो आरोप लगाएका हुन् । साथमा श्रीमतीलाई लगेर उनी प्रहरीचौकी पुगेका थिए ।

टाईम्सले जनाए अनुसार ती व्यक्ति एक कमर्सियल कम्पनीमा डेलिभरीको काम गर्दछन् । प्रहरीले उनलाई सम्झाउने कोसिस गरेतापनि उनी पत्याएनन् । त्यो भिडियोमा खेल्ने आफ्नै श्रीमती भएको दाबी उनले गरेका छन् । खबरका अनुसार पति पोर्न फिल्मप्रति निकै नकारात्मक छन् । प्रहरीले उनलाई जति सम्झाएपनि मान्न तयार भएका छैनन् । पोर्न खेलेको आरोप लगाउँदै उनले श्रीमतीलाई धेरै पिटेका छन् ।

उनलाई काउन्सिलका निम्ति पठाएको छ । त्यो भिडियो भारतको नभई बाहिरको रहेको बताइएको छ । विवादपछि उनकी श्रीमती माइती बस्दै आएकी छन् ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com