अमेरिकामा ज्यान गुमाउने नेपाली टिनएजरको दाहसंस्कारका लागि आर्थिक संकलन


प्रकाशित मिति : पुस ४, २०७३ सोमबार

अमेरिकाको फ्लोरिडामा गाडी दुर्घटना हुँदा ज्यान गुमाएकी नेपाली टिनएजर अस्लेशा पण्डितको शव नेपाल पठाउन र अन्तिम संस्कारका लागि आर्थिक संकलन अभियान सुरु गरिएको छ ।

खेम पण्डितका तर्फबाट अस्लेशाका नजिकका साथी रोजन महर्जनले गोफण्डमीमार्फत आर्थिक संकलन अभियान सुरु गरेका हुन् । १५ हजार डलर संकलनको लक्ष्य सहित यो अभियान सुरु गरिएको हो ।

फ्लोरिडामा भएको दुर्घटनामा अलाबामा निवासी नेपाली टिनएजर अस्लेशा पण्डितको मृत्यु भएको थियो भने २० बर्षीय संगम सुबेदी, २० बर्षीय छात्रा श्रद्धा चन्द ठकुरी र अभिज्ञा घिमिरे घाइते भएका थिए ।

फ्लोरिडाको स्टेटरोड २० र ७९ को इन्टरसेक्सनमा दुर्घटना भएको थियो । घाइतेहरुको बे मेडिकल सेन्टर फ्लोरिडामा उपचार भइरहेको छ ।

तपाईपनि गोफण्डमी मार्फत सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला ।

गाडीमा सबार सबैले सिटबेल्ट बाँधेका थिए भने कसैले पनि मदिरा सेवन गरेका थिएनन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com