उपत्यकासहित देशभरको मौसम बद्ली भएको छ । पश्चिमी वायुको प्रभावका कारण मौसम बद्ली भएको मौसमविद्ले बताएका छन् ।
मौसमविद् विभूति पोख्रेलका अनुसार बुधबार दिनभर मौसम खुल्ने सम्भावना छैन । यस्तै आज राति पूर्वका केही ठाउँ, पश्चिमका केही ठाउँ, उच्च पहाडी भेग र हिमाली भेगमा हल्का हिउँ पर्ने सम्भावना रहेको पनि मौसमविद् पोख्रेलले बताउनुभयो ।
अबको एक दुई दिनको मौसम यस्तै हुने पनि उहाँले बताउनुभयो । काठमाडौं उपत्यकाको बुधबार बिहानको न्युनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।