१० डिब्बासहित २ सेट रेल किन्दै सरकार


प्रकाशित मिति : मंसिर १९, २०७५ बुधबार

जनकपुर–जयनगर खण्डमा सञ्चालनका लागि सरकारले रेल किन्ने तयारी गरेको छ । १० डिब्बासहित २ सेट रेल किन्ने सरकारको तयारी छ ।

आफ्नै रेल तथा जनशक्ति नभएकाले तत्कालका लागि भारतसँग रेल ल्याएर चलाउने तयारीमा रहेको सरकारले रेल किन्ने प्रक्रिया अगाडि बढाएको छ । अर्को डिसेम्बरमा सरकारको आफ्नै रेल हुनेछ । रेल खरिदका लागि १ अर्ब रुपैयाँ छुट्याइएको छ ।

रेल एकवर्षपछि किनिने भए पछि जनकपुर–जयनगर रेल भने डिसेम्बरकै अन्तिममा सञ्चालनको तयारी छ । ३५ किलोमिटर दूरीमा रेल चलाउन भारतको सहयोगमा १० अर्ब रुपैयाँ लगानी भएको छ । निर्माण जारी छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com