आप्रवासी रोक्ने पर्खालको विवादले सटडाउनको संघारमा अमेरिकी सरकार


प्रकाशित मिति : मंसिर १८, २०७५ मंगलबार

विभिन्न ६ वटा आर्थिक विधयेकहरु शुक्रबार मध्यरातसम्म पारित नभएको खण्डमा अमेरिकी सरकार सटडाउनहुने सम्भावना रहेको थियो । तर अब यो संकट कम्तीमा अरु २ साताका लागि टर्ने देखिएको छ ।

पूर्व राष्ट्रपति जर्ज डब्ल्यु बुसको दाहसंस्कारको कारण देखाउँदै सांसदहरु विधयेकहरु पारित गर्ने डेडलाइन थप २ साता अर्थात् डिसेम्बर २१ सम्मका लागि सार्न सहमत भएका छन् । अब डिसेम्बर २१ को मध्यरातसम्म ती विधयेकहरु पारित नभए अमेरिकी सरकारले सटडाउनको सामना गर्नुपर्नेछ ।

यसपटकपनि सबैभन्दा मुख्य विषय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिमानामा लगाउने भनेको पर्खालको लागि बजेट विनियोजन नै रहेको छ । पर्खाल लगाउनका लागि ५ बिलियन डलरको बजेट पारित नभए सरकार शटडाउन गर्न दिने राष्ट्रपति ट्रम्पले चेतावनी दिदै आएका छन् । डेमोक्र्याट्सहरु भने सिमा सुरक्षाका लागि १ दशमलव ६ बिलियन बजेटमात्र विनियोजन हुनुपर्नेमा सहमत छन् ।

सोमबार दिउसो रिपब्लिकन सांसदहरुले अमेरिकी सरकार डिसेम्बर २१ सम्म संचालनका लागि अस्थायी बजेटको प्रस्ताव पेश गरेका छन् । यो प्रस्ताव पारित भएर ट्रम्पले हस्ताक्षर गरेपछि कम्तीमा २ साताका लागि अमेरिकी सरकार सटडाउनको संकट टर्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com