कामदार भिसामा नयाँ नियम, अमेरिकन डिग्री होल्डरलाई मालामाल, अरुलाई मुस्किल


प्रकाशित मिति : मंसिर १८, २०७५ मंगलबार

अमेरिकी सरकारले एचवानबी कामदार भिसामा नयाँ नियम ल्याउन लागेपछि अमेरिकन डिग्री नलिएका विदेशी कामदारलाई अमेरिका आउन थप मुस्किल हुने भएको छ । तर अमेरिकन डिग्री होल्डरका लागि भने विगतको तुलनामा निकै सहज हुनेछ । अमेरिकी सरकारले अमेरिकामा नै डिग्री लिएकाहरुलाई प्राथमिकता दिनेगरी कामदार भिसाको नयाँ नियम ल्याउन लागेको हो ।

५० हजार भन्दा धेरै ग्रिनकार्ड र भिसामा सफलता पाइसकेका न्युयोर्कका चर्चित कानुन व्यवसायी केशव राज सेडाई भन्छन् ,‘पहिलेको नियम अनुशार ६५ हजार कामदारको कोटामा अमेरिकन डिग्री नभएकाहरुमात्र सहभागी हुन पाउथें । अमेरिकन डिग्री होल्डरहरु त्यसमा मिसिन पाउँदैनथे । तर अब ल्याउन लागिएको नयाँ नियम अनुशार त्यो कोटामा पनि अमेरिकन डिग्री होल्डरहरु सहभागी हुन पाउनेछन् । यसो हुँदा ६५ हजारको कोटामा पनि अमेरिकन डिग्री होल्डरहरु छानिनेछन्, त्यहाँ नछानिएका अमेरिकन डिग्री होल्डरहरुहरुले थप २० हजारको कोटामा पनि सहभागी हुन पाउनेछन् ।’

नयाँ नियमले अमेरिकन डिग्री नलिएकाहरुको एचवानबी कोटामा पनि अमेरिकन डिग्री होल्डरको अतिक्रमण बढाउने भएको छ । अमेरिकाबाहिर पढ्नेहरुलाई भन्दा अमेरिकन डिग्री लिएकाहरुलाई मौका दिनका लागि नयाँ नियम ल्याउन लागिएको सेडाईले जानकारी दिए । उनी भन्छन्, ‘अमेरिकामा डिग्री लिएर स्वेदश फर्किसकेको विद्यार्थीले पनि यो कार्यक्रमबाट लाभ लिन सक्नेछन् । उदाहरणका लागि कुनै नेपाली विद्यार्थी अमेरिकामा डिग्री लिएर नेपाल फर्किसकेको छ भने उसलाई नयाँ नियमले प्राथमिकतामा राख्नेछ ।’

नयाँ नियमका लागि डिसेम्बर ३ सोमबारदेखि सार्वजनिक प्रतिकृया अवधि सुरु भइसकेको छ भने जनवरी २ सम्म प्रतिकृया दिन सकिनेछ । त्यस लगत्तै नयाँ नियम लागु हुने अपेक्षा गरिएको छ । नयाँ नियम लागु भइसकेपछि एचवान बी फाइल गर्न चाहने आवेदकले तोकिएको अवधिभित्र विद्युतीय रुपमा प्रारम्भिक आवेदन दर्ता गर्नुपर्नेछ । यसरी दर्ता भएका आवेदनहरुलाई लोटरीको माध्यमबाट छानेपछिमात्र छानिएका आवेदनलाई थप प्रकृयामा लगिनेछ । लोटरीबाट छानिएका आवेदकले थप कागजात पेश गरेर एचवानबीका लागि योग्य हुनसक्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तपाईलाई अमेरिकामा कानुन व्यवसायी वा पारालिगलसँग सम्पर्क गर्नुपर्ने छ ? क्लिक गर्नुहोस् ।

नयाँ विद्युतीय प्रणालीमा समस्या आएमा वा एचवानबी दर्ता प्रकृयामा कुनै प्राविधिक चुनौती उत्पन्न भएमा युएससीआईएसले कुनै पनि बेला कुनै पनि आर्थिक बर्षमा विद्युतीय दर्ता प्रणाली अस्थायी रुपमा खारेज गर्न सक्नेछ । यसो भएमा पहिलेकै जस्तो कागजको माध्यमबाट आवेदनहरु पठाउनुपर्नेछ । अहिले भने युएससीआईएसले नयाँ विद्युतीय प्रणाली विकाश र परिक्षणका लागि तीब्र गतिमा काम गरिरहेको जनाएको छ । यदि प्रस्तावित नियम अन्तिम नियमका रुपमा लागु भएमा र विद्युतीय प्रणाली लागु गर्नमा प्रयाप्त समय नभएमा भने कागजी प्रकृयाबाटै आवेदन दिनुपर्ने हुनसक्ने जनाइएको छ ।

कानुन व्यवसायी सेडाई भन्छन् ्,‘सम्भवत जनवरी अन्त्यसम्ममा युएससीआईएसले विद्युतीय दर्ता प्रणालीको सुरुवात गर्नेछ । अब एचवानबी भिसाका लागि पनि डिभी लोटरीकै तरिकाले विद्युतीय आवेदन पेश गर्नुपर्नेछ । लोटरी प्रणालीबाट छनौट हुनेहरुले थप कागजात पेश गरेर योग्यता प्रमाणित गर्नुपर्नेछ ।’

नयाँ नियम लागु भइसकेपछि अमेरिकन डिग्री नहुनेहरुको ६५ हजारको कोटाबाट पनि झण्डै १६ प्रतिशत अर्थात् कम्तीमा ५ हजार ३ सय ४० जनाको कोटा अमेरिकन डिग्री होल्डरले पाउनसक्ने देखिएको छ । नयाँ नियमले अमेरिकामा रहेका दक्ष कामदारहरुले थप मौका पाउने अमेरिकी सरकारको विश्वास रहेको छ ।

प्रस्तावित नियमको पूर्ण पाठ पढ्न यहाँ क्लिक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com