अमेरिकामा कार्यालय रहेको कम्पनीमा काम गर्न १ बर्ष विदेशको कम्पनीमा काम गर्नैपर्ने


प्रकाशित मिति : मंसिर १८, २०७५ मंगलबार

अमेरिकामा पनि कार्यालय रहेको कम्पनीमा काम गर्न एलवान कामदार भिसामा आउनका लागि विदेशमा रहेको कम्पनीमा विगत तीनबर्षमा कम्तीमा १ बर्ष नियमित काम गरेको हुनैपर्ने अमेरिकी सरकारको युएससीआईएसले स्पष्ट पारेको छ । एल वान भिसाले अमेरिका र विदेशमा कार्यालय रहेका कम्पनीहरुलाई विदेशको कार्यालयबाट अमेरिकामा काम गर्न आउनका लागि अनुमति दिने गर्छ ।

जस अन्तरगत नेपालमा रहेका कम्पनीहरुले पनि अमेरिकामा आफ्ना शाखा कार्यालयहरु खोलेर नेपालबाट कर्मचारीहरु कामका लागि पठाउन सक्छन् । एलवान भिसामा आउनेहरुले आफू योग्य भएको खण्डमा अमेरिकामा रोजगारमा आधारित ग्रिनकार्डका लागि आवेदन दिनसक्ने प्रावधान रहेको छ ।

तर स्पोन्सर गर्ने कम्पनीमा पहिले नै एचवानबी भिसामा काम गरेका कामदारहरुले भने आफ्नो समयको अवधि एड्जस्ट गर्न सक्नेछन् । विदेशमा कार्यालय रहेका कम्पनीहरुले आफ्नो अमेरिकामा रहेको सम्बन्धित कार्यालयमा एलवान भिसा अन्तरगत तीनमहिनादेखि ५ बर्षसम्मका लागि कर्मचारी पठाउन सक्नेछन् । जसमा थप गरिएको अवधिसहित बढीमा ७ बर्षसम्म बस्न पाइनेछ ।

तपाईलाई अमेरिकामा कानुन व्यवसायी वा पारालिगलसँग सम्पर्क गर्नुपर्ने छ ? क्लिक गर्नुहोस् ।

भिसाका लागि आवेदन दिनु अगाडि अमेरिकाबाहिर रहेको सम्बन्धित कम्पनीमा तीनबर्षको अवधिमा नियमित एकबर्षको काम नगरेको व्यक्तिको भिसा आवेदन अस्वीकृत हुनसक्नेछ । नयाँ नीति अनुशार जसका लागि आवेदन दिइएको हो, उक्त व्यक्ति १ बर्ष कामको दौरानमा अमेरिकाबाहिर नै रहेको हुनुपर्नेछ । तर सानोतिनो भ्रमणका लागि अमेरिका आएको खण्डमा वा छोटो अवधिका लागि छुट्टीमा बसेको सन्दर्भमा भने केही फरक नपर्ने जनाइएको छ ।

अमेरिकामा नयाँ शाखा खोलेर एलबान भिसामा कामदार पठाउने कम्पनीहरुका सन्दर्भमा युएससीआईएसले कार्यालयको लिजअवधि चेक गर्दै आएकोमा अहिले कति ठाउँ लिजमा लिइएको छ भन्ने पनि चेक गर्न सुरु गरेको छ । एलावन भिसाको आवेदन आइसकेपछि अधिकारीले सुरुमै तीनबर्षको अवधिमा एकबर्ष बाहिरको कम्पनीमा नियमित काम गरे नगरेको चेक गरेरमात्र आवेदन अगाडि बढाउने मेमोमा स्पष्ट पारिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com