श्रृंखला खतिवडाले जितिन् मल्टिमिडिया अवार्ड, अब मिस वल्र्डको फाइनल राउण्डमा


प्रकाशित मिति : मंसिर १७, २०७५ सोमबार

मिस वल्र्डमा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडा मल्टिमिडिया अवार्ड जित्दै मिस वल्र्डको फाइनलमा प्रवेश गरेकी छिन् । मिस वल्र्डले आफ्नो आधिकारिक फेसबुक पेजमा श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड जितेर मिस वल्र्डको फाइनल राउण्डमा प्रवेश गरेको घोषणा गरेको हो ।

मल्टिमिडिया अवार्डको टप थ्रीमा नेपाल, मेक्सिको र केन्याका युवतीहरु परेका थिए, सामाजिक सञ्जालमा भएको प्रचार, लाइक र भोटका आधारमा मल्टिमिडिया अवार्डको छनौट गरिएको थियो । सान्या भिडियो टुरिजम च्यालेन्जको टप फाइभमा केन्या, चीन, नेपाल, पोर्तोरिको र इंग्लाण्डका युवतीहरु परेका थिए । ती सबैलाई पछि पार्दै नेपालबाट श्रृंखला खतिवडा मल्टिमिडिया अवार्ड जितेर फाइनलमा प्रवेश गरेकी छिन् ।

यससँगै श्रृंखला आधिकारिक रुपमा मिस वर्ल्ड २०१८ को अन्तिम ३० मा पुग्न सफल भएकी छिन् । यो घोषणापछि मिस वर्ल्डको आधिकारिक फेसबुक पेजमा नेपाल तथा श्रृंखलालार्इ विश्वभरबाट बधाइको ओइरो लागेको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com