कम आम्दानी हुने र सरकारी सुविधा लिनेलाई ग्रिनकार्ड नदिने नियममा कमेन्ट अवधि १ सातामात्र


प्रकाशित मिति : मंसिर १७, २०७५ सोमबार

अमेरिकी सरकारले फुड स्ट्याम्प, मेडिकेड र आवास सुविधा लिने आप्रवासीहरुलाई ग्रिनकार्ड नदिने नीति ल्याउन थालेपछि अमेरिकामा रहेका आप्रवासीहरुले त्रासका कारण त्यस्ता सरकारी सुविधाको सुचीबाट आफूलाई हटाउन थालेका छन् ।

पब्लिक चार्जको नयाँ नीतिले ग्रिनकार्डमा कडाई गर्ने भएपछि कम आम्दानी भएका कैयन आप्रवासीहरुले सार्वजनिक आवासको प्रतिक्षा सुचीबाट आफ्नो नाम हटाउन थालेका छन् । नयाँ नीतिको ड्राफ्ट डिसेम्बर १० सम्मका लागि सार्वजनिक प्रतिकृयाको आब्हान गर्दै फेडरल रजिष्टरमा प्रकाशित गरिएको छ । कमेन्ट अवधिभर आएका प्रतिकृयाहरुमा सावधानीपूर्वक सम्झौता गरिसकेपछि अमेरिकी सरकारले अन्तिम नियम प्रकाशित गर्नेछ जसमा कहिलेदेखि लागु हुने भन्ने मिति समेत स्पष्ट पारिनेछ ।

त्रासका कारण कैयनले मेडिकेड सुविधा र फुड स्ट्याम्पबाट आफूलाई हटाउन थालेका छन् । ट्रम्प प्रशासनले ल्याउन लागेको नयाँ नीतिले फुड स्ट्याम्प, मेडिकेड र आवास सुविधा लगायतका सरकारी सुविधा लिनेहरुलाई अमेरिकाको ग्रिनकार्ड र भिसा लिन अझ कठिन बनाउनेछ । हरेक बर्ष ६० हजार न्युयोर्कबासीलाई सहयोग गर्दै आएको चाइनिज अमेरिकन योजना परिषद्की कार्लेन कावेनले नयाँ नीति लागु नहुँदै त्यसको प्रभाव पर्न थालेको बताइन् ।

अमेरिकी ट्रम्प प्रशासनले अब फुड स्ट्याम्प, मेडिकेड जस्ता सरकारी सुविधा लिनेहरुलाई पनि ग्रिनकार्ड नदिने नियमको घोषणा गरेको हो । नयाँ नियम अनुशार मेडिकेड, फुड स्ट्याम्प र हाउजिङ सुविधा लिने र लिने सम्भावना भएकाहरुलाई पनि ग्रिनकार्ड वा भिसा नदिइने भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् १९९९ को झण्डै १९ बर्ष पुरानो नियममा पुनर्लेखन गर्दै ट्रम्प प्रशासनले नयाँ नियमको घोषणा गरेको हो । पुरानो नियममा सरकारबाट नगद सुविधा लिने वा लिने सम्भावना भएकाहरुलाईमात्र ग्रिनकार्ड वा भिसा नदिने व्यवस्था रहेको थियो भने अब स्वास्थ्य, खाद्य वा आवास सुविधा लिनेहरुलाई समेत ग्रिनकार्ड नदिइने नियमको घोषणा गरिएको छ ।

अमेरिकी अर्थतन्त्रमा भारहुनसक्ने आप्रवासीलाई भिसा नदिइने पब्लिक चार्ज नियमको अमेरिकामा सन् १८०० को बेलादेखि नै अभ्यास गरिदै आएकोछ । तर नयाँ नियमले भने अमेरिकामा रहेका र अमेरिकाका खासगरी आप्रवासी भिसामा आउन चाहनेहरुलाई प्रभाव पार्नेछ ।

नयाँ नियमपछि अमेरिकामा रहेर ग्रिनकार्डको प्रकृयामा रहेकाहरुले स्वास्थ्य, खाद्य वा आवास सुविधा लिएमा उनीहरुलाई ग्रिनकार्ड प्राप्त गर्नबाट वञ्चित गराइनसक्नेछ । साथै अमेरिकामा रहेका ग्रिनकार्ड होल्डरका आफन्तहरु अमेरिकामा आप्रवासी भिसामा आउन खोज्दा स्पोन्सर गर्नेकोमा आम्दानी कम भएको खण्डमा वा सरकारी सुविधा लिएको पाइएमा समेत समस्या हुनसक्नेछ । साथै अमेरिकाबाहिरबाट डिभी लोटरी लगायत विभिन्न श्रेणाीको आप्रवासी भिसा आवेदन दिंदा समेत अमेरिकी अर्थतन्त्रमा भार नपर्ने र अमेरिकाको सरकारी सुविधा नलिने कुराको ग्यारेन्टी गर्नुपर्नेछ ।

घोषणा गरेको नयाँ नियममा अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी सेक्रेटरीले हस्ताक्षर गरिसकेकी छिन् । यो नियम पूर्णरुपमा लागु भएपछि कम आम्दानी हुनेहरुका लागि अमेरिका अझ गाह्रो हुने भएको छ ।

नयाँ नियमले ग्रिनकार्ड लिन चाहनेहरुका लागि प्रभाव पारेपनि पहिले नै ग्रिनकार्ड लिइसकेकाहरुका सन्दर्भमा भने प्रभाव नपार्ने जनाइएको छ । यद्यपी पहिले नै ग्रिनकार्ड लिइसकेकाहरुले ग्रिनकार्ड नविकरण गर्दा भने मेडिकेड, फुड स्ट्याम्प वा आवास सुविधा लिइएको पाइएमा नविकरणमा समस्या हुनसक्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com