आजबाट बाट स्मार्ट लाइसेन्स वितरण गरिने


प्रकाशित मिति : मंसिर १७, २०७५ सोमबार

धेरै समय रोकिएको स्मार्ट लाइसेन्स यातायात व्यवस्था विभागले सोमबारबाट वितरण गर्ने जनाएको छ । हाल दैनिक ८ देखि १० हजार थान लाइसेन्स छपाइँदै आएको छ – विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताउनु भयो । अब हरेक दिन छपाइएका लाइसेन्सलाई दैनिक वितरण गरिने वताएका छन् ।मालिका इन कर्पोरेटले तयारी विवरण पाउन नसक्दा छपाइमा ढिला भएको जनाएको छ । कर्पोरेटका प्रवन्ध निर्देशक सुरेन्द्र ढकालले लाइसेन्स छाप्न लाग्दा विवरणमा समस्या देखिएको जनाएका छन् ।४५ दिनमा ६ लाख लाइसेन्स छाप्ने सम्झौता गरिए पनि दुई महिनामा बल्ल एक लाख १२ हजार थान लाइसेन्स छपाइ गरिएको छ ।

यातायात व्यवस्था विभागका अनुसार छाप्न सुरु गरेको ४५ दिनमा ६ लाख लाइसेन्स छाप्ने सम्झौता थियो । लाइसेन्स प्रिन्ट गरिरहेको मालिका इन कर्पोरेटले तयारी विवरण पाउन नसक्दा ढिलाइ भएको जनाएको छ । कर्पोरेटका प्रवन्ध निर्देशक सुरेन्द्र ढकालले लाइसेन्स छाप्न लाग्दा विवरणमा समस्या देखिएको दावी गर्नुभयो ।छपाइएका लाइसेन्स सोमबारबाट वितरण गरिने विभागले जनाएको छ । अब हरेक दिन छपाइएका लाइसेन्सलाई दैनिक वितरण गरिने विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो । हाल दैनिक आठ देखि १० हजार थान लाइसेन्स छपाइँदै आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com