बामदेव क्षेत्रीको पुस्तक लोकार्पण, समाजवादको नयाँ मोडलबारे बहसको सुरुवात


प्रकाशित मिति : मंसिर १५, २०७५ शनिबार

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं लेखक बामदेव क्षेत्रीको नयाँ पुस्तक ‘नेपालको अर्थ राजनीति संभावना र चुनौती’ लोकार्पण गरिएको छ । पुस्तकले राज्य नियन्त्रित समाजवाद र प्रजातान्त्रिक समाजवाद नभई तेश्रो मोडलको समाजवादबारे बहसको सृजना गरेको छ ।

पुस्तकको लोकार्पण नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव बिष्णु पौडेलले काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आज आयोजित कार्यक्रममा गर्नुभयो । पुस्तकबारे त्रिभुवन विश्वविश्द्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन प्रा डा शिवलाल भूसाल र त्रिविका प्राध्यापक डा सूर्य थापाले समीक्षा गर्नुभएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रममा बोल्दै नेकपा अध्यक्ष प्रचण्डले राज्य नियन्त्रित समाजवाद र प्रजातान्त्रिक समाजवाद स्खलन भएकाले तेश्रो मोडलको समाजवादतर्फ अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउनुभएको थियो । उहाँले भन्नुभयो – “अबको समाजवाद सबैभन्दा विकसित समाजवाद हो, कम्युनिष्ट आन्दोलनभित्र अत्यन्त रुढीवादी चिन्तन हावी देखिएको अवस्थामा समाजवादको धरातललाई बलियो बनाउनु जरुरी छ ।”

नेकपाका महासचिव विष्णु पौडेलले मुलुकमा व्यवस्था बदलिय पनि जनताको आर्थिक तथा सामाजिक अवस्था अहिले पनि दयनीय रहेका बताउँदै नेकपाले मुलुकको सामाजिक, आर्थिक रुपान्तण गर्दै समाजलाई बदल्ने सङ्कल्प गरेको बताउनुभयो ।

पुस्तकमाथि टिप्पणी गर्दै त्रिभुवन विश्वविश्द्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन प्रा डा शिवलाल भूसालले संविधानले निर्दिष्ट गरेका र नेकपाको चुनावी घोषणापत्रले परिकल्पना गरेको स्वाधीन अर्थतन्त्रको निर्माण कसरी सम्भव छ भन्ने विषयलाई पुस्तकले प्रष्टयाएको बताउनुभयो । उहाँले मुलुकको आर्थिक नीति बनाउन र समृद्धिको मार्गचित्र कोर्न पुस्तकले सहयोग गर्ने बताउनुभयो । त्रिविका प्राध्यापक डा सूर्य थापाले पुस्तकले वैज्ञानिक समाजवाद निर्माणका लागि जनमत सिर्जना गर्न योगदान दिने बताउनुभयो ।

पुस्तकका लेखक बामदेव क्षेत्रीले खसोखाससँग कुराकानी गर्दै भन्नुभयो – ‘पुस्तकसँग जोडेर नयाँ मोडलको समाजबादबारे बहस गर्ने समाजवादी अधययन केन्द्र अगाडि बढाउने सोंचमा छु ।’

पुस्तकमा आफूले नीजि स्वामित्व र सामुहिक स्वामित्वलाई बर्गिकरण गरेर उठाएको, शिक्षा, स्वास्थ्य निशुल्क हुनुपर्ने कुरा उठाएको क्षेत्रीले बताउनुभयो । राज्यले नागरिकलाई रोजगारीको ग्यारेन्टी गर्नुपर्ने र अहिले पनि कुनै बेरोजगार व्यक्ति आफू बेरोजगार भएको भन्दै राज्यबिरुद्ध अदालतमा जानसक्ने उहाँले बताउनुभयो ।

आफ्नो पुस्तक योजना बनाउन र बहसका लागि भएको लेखक तथा नेता क्षेत्रले बताउनुभयो । पुस्तक विचार, उद्योग र विकाशको खण्ड, भूमि र कृषिको खण्ड गरी तीनखण्डमा विभाजित रहेको छ । साँग्रिला बुक्सले प्रकाशित गरेको पुस्तकको २ हजार प्रति मध्ये एक हजार प्रति बिक्रि भइसकेको छ ।

फोटो : बिक्रम खत्री

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com