अमेरिकामा एसाएलम अस्वीकृति दर अहिलेसम्मकै उच्च


प्रकाशित मिति : मंसिर १४, २०७५ शुक्रबार

अमेरिकामा एसाएलम अस्वीकृति दर अहिलेसम्मकै उच्च भएको छ । आर्थिक बर्ष २०१८ मा अमेरिकामा एसाइलम अस्वीकृति दर अहिलेसम्मकै उच्च रहेको अमेरिकी सरकारको तथ्यांकले देखाएको छ ।

आर्थिक बर्ष सन् २०१८ मा फैसला भएका एसाइलमका आवेदनमध्ये ६५ प्रतिशत आवेदन अस्वीकृत भएका छन् । २०१८ मा ४२ हजार २ सय २४ एसाइलमका आवेदनहरुमा फैसला गरिएकोमा १४ हजार २ सय आवेदनहरु स्वीकृत भएका छन् भने २७ हजार ४ सय ६० आवेदन अस्वीकृत भएका छन् । ५६४ आवेदनमा भने अन्य प्रकारको सुविधा प्रदान गरिएको छ ।

विगत १८ बर्षको इतिहासमा सन् २०११ मा सबैभन्दा धेरै प्रतिशत एसाइलम स्वीकृत भएका थिए भने अहिलेसम्मको इतिहासमा सन् २०१८ मा नै एसाइलमका सबैभन्दा धेरै आवेदनहरुउपर फैसला गरिएको छ ।

सन् २००१ देखि अहिलेसम्म ४ लाख ७५ हजार १ सय ५१ एसाइलमका आवेदनहरु अमेरिकी अदालतबाट फैसला गरिएको छ । जसमध्ये २ लाख ५ हजार २१ आवेदन स्वीकृत भएका छन् भने २ लाख ६१ हजार ३ सय ३५ एसाइलम अस्वीकृत गरिएको छ । ८ हजार ७ सय ९५ जनाले अन्य सुविधा पाएका छन् । अमेरिकाको १८ बर्षको इतिहास हेर्दा कुल एसाइलम अस्वीकृत दर ५५ प्रतिशत रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आर्थिक बर्ष २०१८ मा अमेरिकी अदालतबाट ४७० नेपालीलाई शरण

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिस अन्तरगत एक्ज्युकेटिभ अफिस फर इमिग्रेशन रिभ्युका अनुशार आर्थिक बर्ष २०१८ मा ४७० जना नेपालीहरुले अमेरिकी अदालतबाट एसाइलम पाएका छन् ।

कुल एसाइलमका फैसलामध्ये ६० दशमलव ६५ प्रतिशत एसाइलम स्वीकृत गरिएको छ । यही अवधिमा १४६ जना नेपालीका एसाइलम आवेदन अदालतबाट अस्वीकृत गरिएको छ । कुल एसाइलमका फैसलामध्ये अस्वीकृत दर १८ दशमलव ८४ प्रतिशत रहेको छ ।

नेपालीका १३० आवेदनबारे भने अन्य प्रकारको फैसला लिइएको जनाइएको छ । उनीहरु एसाइलम त्याग्ने, आवेदन फिर्ता लिने, देशनिकाला स्थगित गर्ने लगायतका निर्णय पाउनेहरु हुन् । कुल एसाइलममा फैसलामध्ये यो श्रेणीमा पर्ने नेपालीहरु १६ दशमलव ७७ प्रतिशत छन् ।

त्यस्तै आर्थिक बर्ष २०१८ मा २९ जना नेपालीहरुका एसाइलमका केसहरु प्रशासनिक रुपमा बन्द गरिएको छ । जुन कुल फैसलाको ३ दशमलव ७४ प्रतिशत हो । आर्थिक बर्ष सन् २०१८ मा अमेरिकी अदालतबाट नेपालीका ७७५ एसाइलमका आवेदनबारे निर्णय लिइएको छ ।

अमेरिकी अदालतबाट एसाइलम स्वीकृत हुने सातौं नम्बरमा नेपाली

अमेरिकी अदालतबाट एसाइलम स्वीकृत हुनेमा नेपालीहरु सातौं नम्बरमा परेका छन् । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको तथ्यांक अनुशार नेपाल अमेरिकी अदालतबाट एसाइलम स्वीकृत हुनेमा टप २५ देशभित्र परेको छ ।

गत आर्थिक बर्ष २०१७ मा अमेरिकी अदालतबाट एसाइलम पाउनेमा नेपालीहरु सातौं नम्बरमा परेका हुन् । नेपालीहरुलाई भारत, मेक्सिको, ग्वाटेमाला, होण्डुरस, एल साल्भाडोर र चीनका नागरिकहरुले उछिनेका छन् ।

अदालतबाट एसाइलम स्वीकृत हुनेमा चीनका पहिलो, एल साल्भाडोरका दोश्रो, होण्डुरसका तेश्रो, ग्वाटेमालाका चौथो, मेक्सिकोका पाँचौं र भारतका छैठौं नम्बरमा रहेका छन् । नेपालीहरुले इथोपिया, सिरिया, बंगालादेश, पाकिस्तान, हैटी लगायतका देशका नागरिकहरुलाई उछिनेका छन् ।

आर्थिक बर्ष २०१६ मा पनि अमेरिकी अदालतबाट एसाइलम स्वीकृत हुनेमा नेपालीहरु सातौं नम्बरमा रहेका थिए । तर २०१५ मा भने अमेरिकी अदालतबाट एसाइलम स्वीकृत हुनेमा नेपालीहरु मेक्सिकोलाई समेत उछिनेर छैठौं नम्बरमा रहेका थिए ।

सन् २०१४ मा अमेरिकी अदालतबाट एसाइलम स्वीकृत हुनेमा नेपालीहरु एल साल्भाडोर, होण्डुरस र ग्वाटेमालालाई समेत उछिनेर चौथो नम्बरमा रहेका थिए । सन् २०१३ मा अदालतबाट एसाइलम स्वीकृत हुनेमा नेपालीहरु दोश्रो नम्बरमा रहेका थिए । पहिलो नम्बरमा चीनका नागरिकहरु रहेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com