प्रयासलाइ मारेर बोरामा फालेका हत्यारा महेन्द्र ’हत्या गरेको थाहा नहोस भनेर आफै यसरि खोज्नलाइ खटे


प्रकाशित मिति : मंसिर १४, २०७५ शुक्रबार

मंगलबार साँझ गोंगबुस्थित गेस्ट हाउसबाट बेपत्ता भएका ८ वर्षीय बालक प्रयास कुँवरको अपहरण भएको नखुलुञ्जेलसम्मका लागि प्रहरीका लागि एक मात्र ‘सुराक’ थिए, स्याङ्जाका मेहन्द्र ऐसके । किनकी, अन्तिम पटक उनी नै बालकसँग देखिएका थिए ।त्यस दिन गोंगबुस्थित स्वस्तिका त्रिवेणी गेस्ट हाउसका सञ्चालक एवं प्रयासका बुबा प्रविण नियमित स्वास्थ्य परीक्षणका लागि बाहिर निस्किएका थिए । फर्किएर आएपछि आफ्ना सवारी चालक महेन्द्रबाटै उनले छोरा हराएको सूचना पाए ।अत्तालिँदै महानगरीय प्रहरी प्रभाग, गोंगबुमा खोजतलासका लागि निवदेन दिए ।

छरछिमेकदेखि आफ्ना आफन्तसम्म सबैतिर खोजी गरे ।ऐसके आफैंले पनि प्रयासको खोजीमा मालिक एवं बालकका बुबा प्रविणलाई सहयोग गरिरहे । तर, प्रहरीसमक्ष उनले दिएको बयान र कल डिटेललगायतका विषय मेल खाएन ।अब प्रहरीले ऐसकेमाथि नै शंका गर्न थाल्यो । अन्ततः बुधबार उनी पक्राउ परे ।

‘त्योभन्दा अघि हामी उसकै सूचनाको आधारमा बालकको खोजी गरिरहेका थियौं’, महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका एक अधिकारीले भने, ‘तर, उनलाई पक्राउ गरेपछि थाहा भयो, ऐसकेले बच्चाको अपहरण गरेका रहेछन् ।’केरकार गर्न थालेपछि उनले बालकलाई अपहरण गरेको स्वीकारे । ‘उनैले बालकलाई हत्या गरेर म्हैपीको पुलमुनि फ्यालेको बताएपछि हामी त्यहाँ गएका थियौं’, ती अधिकारीले भने, ‘गएर हेर्दा त्यहाँ जेब्रा झोलामा बालकको शव भेटियो ।’उनले बयानका क्रममा बुबा स्वास्थ्य जाँचका लागि निस्किएपछि चकलेट दिएर फकाएको बताएका छन् ।

‘चकलेट दिएर फकाएँ । र, गाडीमा हालेँ’, ऐसकेको बयानलाई उधृत गर्दै महानगरीय अपराध अनुसन्धान महाशाखाका अधिकारी भन्छन्, ‘गाडीमै घाँटी, नाक र मुख थुनेर हत्या गरेर फ्यालेको हुँ ।’हत्या पछि कसैलाई थाहा नहोस् भनेर खोजतलासमा बुबालाई सघाएको उनले बयान दिएका छन् । हत्या गर्नुको कारणबारे उनले भनेका छन्, ‘सञ्चालकले पटकपटक निकालिदिन्छु भनेर गाली र धम्की दिएपछि हत्या गरेँ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com