आमाले छाडेर गएपछि दाम्लोमा बाँधिन बाध्य पाँच वर्षीय बालक मित्रहाङको उद्धार


प्रकाशित मिति : मंसिर १४, २०७५ शुक्रबार

आमाले छाडेर गएपछि दाम्लोमा बाँधिन बाध्य पाँच वर्षीय बालक मित्रहाङलाई उद्धार गरी उपचार गर्न पठाइएको छ। पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बास्थित पाङ्तुवाका उनी दुई वर्षयता दाम्लोमा बाँधिँदै आएका थिए। यसबारे समाचार प्रकाशन भएपछि संघसंस्थाबाट सहयोग जुट्न थालेको हो। बालकलाई पत्रकार तथा मानवअधिकारकर्मीको रोहवरमा बिहीबार उद्धार गरी उपचार गर्न पठाइएको हो। मित्रहाङको उपचार गर्न मिक्लाजुङ गाउँपालिकाले पनि २० हजार रुपैयाँ सहयोग गरेको छ। गाउँ पालिकाका अध्यक्ष अमर माखिमले बालकको उपचारमा कमी हुन नदिने प्रतिबद्धता जनाए। उनलाई उपचारका लागि बीपी कोइराला विज्ञान प्रतिष्ठान धरान गर्न पठाइएको छ। फेसबुक अभियानबाट आर्थिक संकलन भइरहेको छ। प्रतिष्ठानका चिकित्सक अरुणकुमार सिंहको नेतृत्वमा उनको उपचार हुने गाउँपालिकाका अध्यक्ष मामिखले जानकारी दिए।

अस्पतालले रेफर गरे वा थप उपचार गर्नुपरे पनि सहयोग गरिने अध्यक्ष माखिमले बताए। पत्रकार तथा मानवअधकिारकर्मीको टोली बिहीबार बालकको निवास पुगेको थियो। खरले छाएको झुप्रो घरको सिकुवामा धान कुट्न प्रयोग गरिने ओख्लीमा बालकको खुट्टा दाम्लोले बाँधिएको थियो। मित्रहाङका बुवा आसिकराम लामो समयदेखि विदेशमा छन्। आमा शिलाले दोस्रो विवाह गरेर गएपछि उनको हेरचार गर्ने मान्छे अभावमा दाम्लोमा बाँध्न थालिएको हो। मित्रहाङलाई हजुरबुवा भुवनसिंह सम्बाहाम्फे र हजुरआमाले सहारा दिएका हुन्। हजुरबुबाले बालकमा मानसिक समस्या रहेकाले दाम्लोमा बाँध्नुपरेको बताए। ‘उपचारपछि नाति ठीक होला भन्ने आशा पलाएकोे छ’, उनले भने। बालक केही बोल्न सक्दैन। एकोहोर चिच्याउने अनि रुने गर्छ। कसैले खानेकुरा दिए खान्छ। अढाई वर्षको हुँदा मित्रहाङ आगोमा परेपछि मानसिक सन्तुलन बिग्रेको हजुरआमाको भनाइ छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com