Follow @khasokhasmag

अमेरिकामा प्रदर्शनको तयारीमा ‘भैरे’


प्रकाशित मिति : मंसिर १३, २०७५ बिहीबार

जुलाई १ देखि नेपालमा प्रदर्शन गरिएको चलचित्र ‘भैरे’ अमेरिकाभर प्रदर्शनको तयारीमा रहेको छ । डिसेम्बरबाटै अमेरिकामा चलचित्रको प्रदर्शन सुरु गरिने चलचित्रका नायक बिक्रान्त बस्नेतले जानकारी दिए ।

उनका अनुशार चलचित्र भैरे अमेरिकामा विभिन्न शहरहरुमा प्रदर्शन गरिनेछ । प्रदर्शन स्थल र मितिबारे छिट्टै जानकारी गराइने भएको छ । सनम माया लाको र सान्नानीलाई भेट्न आउँदा जस्ता सुपरहित गीतहरु रहेको चलचित्र भैरेले नेपालमा पनि राम्रै ब्यापार गर्न सफल भएको थियो ।

माथिल्लो मुस्ताङ्ग, स्याङ्गजा, पर्वत र पोखरा लगायतका मनमोहक स्थानमा छायांकन गरिएको चलचित्रका निर्देशक एभरेष्ट सूर्य बोहरा हुन् । अग्नी परिक्षा, कान्छा, मुटु, ठूली जस्ता चलचित्रहरुको निर्देशन गरिसकेका बोहराले भैरेको कथा समेत लेखेका हुन् ।

चर्चित कलाकार दयाहाङ्ग राईले अभिनय गरेको चलचित्र भैरेमा अमेरिका निवासी कलाकार बिक्रान्त बस्नेतको पनि अभिनय रहेको छ । चलचित्रमा सुरक्षा पन्त, वर्षा सिवाकोटी, बुद्धि तामाङ्ग,सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको अभिनय छ ।

चर्चित गायक यम बराल र अन्जु पन्तको स्वरमा रहेको भैरै चलचित्रको गीत सनम माया लाको युट्युबमा मात्र ५१ लाख पटक हेरिसकिएको छ । यम बराल, बसन्त सापकोटा र मेलिना राईको स्वरमा रहेको सान्नानीलाई भेट्न आउदा गीत पनि युट्युबमा मात्र ४३ लाख पटक हेरिएको छ ।

चलचित्रका निर्माता प्रेम प्रसाद पौडेल, देवीमाया अधिकारी र सविता गुरूङ हुन् । करुणाकर घिमिरे, यम बराल, सिन्धु पौडेल र कुमार बस्नेत फिल्मका सहनिर्माता हुन् भने निर्माणमा कृष्णराज काफ्लेको पनि सहभागिता छ । नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’मा द्वन्द्व निर्देशन सूर्य थोक्करले गरेका छन् । पुरुषोत्तम प्रधानले चलचित्रको को सम्पूर्ण दृश्य खिचेका छन् ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com