अमेरिकामा कार दुर्घटनामा नेपाली टिनएजरको मृत्यु, तीन घाइते

प्रकाशित मिति : पुस २, २०७३ शनिबार

अमेरिकाको फ्लोरिडामा  तीनवटा गाडी एकैठाउँमा दुर्घटना हुँदा एकजना नेपाली टिनएजरको मृत्यु भएको छ भने तीनजना नेपालीहरु घाइते भएका छन् ।

दुर्घटनामा  अलाबामा निवासी नेपाली टिनएजर अस्लेशा पण्डितको मृत्यु भएको  छ भने  २० बर्षीय संगम सुबेदी, २० बर्षीय छात्रा श्रद्धा  चन्द ठकुरी र अभिज्ञा घिमिरे घाइते भएको अलाबामाबाट एक नेपाली विद्यार्थीले  दिएकी छिन् ।

फ्लोरिडाको स्टेटरोड २० र ७९ को इन्टरसेक्सनमा दुर्घटना भएको हो ।   घाइतेहरुको बे मेडिकल सेन्टर फ्लोरिडामा उपचार भइरहेको छ ।

गाडीमा सबार सबैले सिटबेल्ट बाँधेका थिए भने कसैले पनि मदिरा सेवन गरेका थिएनन् ।

सुबेदीले सडकमा रातो बत्ती बलेको समयमा गाडी रोक्न नसक्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना दिउसो ४ बजे भएको हो ।

दुर्घटनाको भिडियो हेर्न यहाँ क्लिक गर्न सक्नुहुनेछ ।

यसअघि अमेरिकाको वाशिंगटन सियाटलमा भएको कार दुर्घटनामा परि २१ बर्षीय नेपाली मुलकी होनहार छात्रा ममता कंडेलको मृत्यु भएको खबर आएको थियो ।

समाचारमा यसअघि प्रकाशित केही तथ्यहरु सच्याइएको छ । 

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com