Follow @khasokhasmag

काठमाडौंको सुन्धारामा कारले ठक्कर दिँदा १२ जना घाइते


प्रकाशित मिति : मंसिर १३, २०७५ बिहीबार

काठमाडौंको सुन्धारामा एउटा कारले ठक्कर दिँदा १२ जना घाइते भएका छन् ।

कारको ठक्करबाट घाइते हुनेहरुमा सन्तोषी नेपाली, जुली बुढाथोकी, गंगामाया राई, रुद्रमान पति, प्रज्ञा ज्योति परियार, भावना बोहोरा, मिरा थापा, जोसना ठकुरी, सत्यराज ठकुरी, सिर्जना पहरी, उर्मिला अधिकारी र फिलिपिन्सका नागरिक केसिया रहेका छन् । घाइते सबैको उपचार वीर अस्पतालको ट्रमा सेन्टरमा भैरहेको छ ।

सुन्धारामा रहेको नेपाल वायुसेवा निगमको कार्यालयबाट बाहिर निस्कने क्रममा बा १८ च ४८७३ नम्बरको कारले फुटपाथमा हिँडिरहेका मानिसलाई ठक्कर दिएको महानगरीय प्रहरी वृत्त जनसेवाले जानकारी दिएको छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com