पटक -पटक चेतावनी दिदाँ पनि सुध्रिएनन् मासु पसल


प्रकाशित मिति : मंसिर १३, २०७५ बिहीबार

एक पटक होइन, पटक- पटक अनुगमन गर्दा पनि दाङ तुलसीपुर बसपार्कको मासु पसलहरुको अबस्थामा सुधार आउन सकेको छैन ।

अझै पनि मासु पसलमा जाली नराखिएको, मासुपसलको बाहिर साईबोर्ड नराखिएको, सरसफाई नगरेको, बासी मासु राख्ने गरेको , बंगुर पाल्ने र मासु बेच्ने एउटै भएको, बध गर्ने ठाउँ फोहोर भएको, राँगा र भैसी एकै ठाउँमा राखेर बेच्ने गरेको, मूल्य सूची नराखेको, सटर नभएको पाईएको छ ।

बिहीबार तुलसीपुर उपमहानगरपालिको पशुसेवा शाखाको समन्वयमा बिभिन्न सरोकारवाला ब्यक्तिहरुको सहभागितामा अनुगमन गर्दा मासु पसल वरपर दुर्गन्धित आउने गरेको भेटिएको थियो । मापदण्ड बिपरित चलेका मासुपसलहरुलाई मापदण्ड अनुसार चल्न निर्देशन दिईएको र यदि अटेर गरे कानूनी कारबाही गर्ने समेत चेताउने दिईएको थियो ।

पटक -पटक अनुगमन गर्नुका साथै मापदण्डमा आउन निर्देशन दिदाँ पनि अटेर गरेको भन्दै अब पनि अटेर गरे मासु पसल नै बन्द गर्ने तुलसीपुर उपमहानगरपालिकाका शाखा अधिकृत नारायणप्रसाद रेग्मीले बताउनुभयो ।

‘पटक -पटक अनुगमन गर्र्दा पनि  सुधार आउन सकेको छैन्’ उहाँले भन्नुभयो ‘आउँदा दिनमा पनि अटेर गरे मासुपसल नै बन्द गछौं ।’त्यस अवसरमा मासु व्यवसायीले भने मासु पसललाई व्यवस्थित बनाउन उपमहानगरपालिकाले कुनै चासो नदिएको आरोप लगाएका थिए ।

उनीहरुले उपमहानगरपालिकालाई भाडा बुझाउँदा मासु पसललाई ब्यबस्थित बनाउन तार जाली लगाई दिने , दैनिक फोहोर उठाउने गाडि पठाउने शर्त भएपनि त्यसो नभएको मासु ब्यबसायी निमबहादुर डाँगीले बताउनुभयो । अलिहे हप्ता एक-दुई पटक मात्रै उपमहानगरपालिको गाडि पठाउँने गरेको उहाँले बताउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com