अमेरिका र नेपालमा उत्तिकै ब्यस्त बराल, एकमहिनामा अमेरिकामा आधा दर्जन शो


प्रकाशित मिति : मंसिर १२, २०७५ बुधबार

नेपालमा विभिन्न सांगितिक कार्यक्रमहरुमा अत्यन्तै व्यस्त रहेका बरिष्ठ गायक यम बराल अमेरिकामा पनि विभिन्न सांगितिक कार्यक्रममा व्यस्त रहे । दशैं लगत्तै अमेरिका आएका यम बरालले एकमहिनाको अवधिमा झण्डै आधादर्जन कार्यक्रम गरेर स्वेदश फर्कदै छन् । एकमहिनाको अवधिमा बराल साउथ डाकोटा, ओहायो, भर्जिनिया लगायतका स्थानमा भएका कार्यक्रममा सहभागी भए ।

अमेरिकाबाट फर्के लगत्तै मंसिर १९ मा झापाको बिर्तामोडमा नारायण गोपालको स्मृति दिवशमा आयोजित कार्यक्रममा बरालले गीत गाउनेछन् । त्यसपछि उनी नेपालमा हुने विभिन्न महोत्वसमा सहभागी हुनेछन् ।

अक्टोबरको अन्तिममा अमेरिका आउनु अगाडि नेपालमा बरालले नेपालमा दर्जनौं कार्यक्रममा आफ्ना गीतहरु प्रस्तुत गरे । यसैबीच जुलाई १ मा यम बराल समेत सहनिर्माता रहेको चलचित्र भैरे प्रदर्शन गरिएको थियो । उक्त चलचित्रमा यम बरालले दुईवटै गीत गाएका थिए भने सनम माया लाको गीतमा बरालको संगीत रहेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सनम माया लाको बोलको उक्त गीत युट्युबमा मात्र ५ मिलियन भन्दा धेरैपटक हेरिएको छ । यम बरालको स्वरमा युट्युबमा रहेको यो नै सबैभन्दा धेरैपटक हेरिएको गीत हो । आगामी डिसेम्बरमा चलचित्र भैरैको विशेष शो अमेरिकामा समेत गर्न लागिएको चलचित्रका नायक बिक्रान्त बस्नेतले जानकारी दिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com