अमेरिकामा कागजपत्रविहिन आप्रवासीको संख्या १२ बर्षमै सबैभन्दा कम


प्रकाशित मिति : मंसिर १२, २०७५ बुधबार

अमेरिकामा कागजपत्रविहिन आप्रवासीहरुको संख्या विगत १२ बर्षमै सबैभन्दा कम देखिएको छ । मंगलबार सार्वजनिक एउटा रिपोर्ट अनुशार कागजपत्रविहिन आप्रवासीहरुको संख्या अमेरिकामा एककरोडको हाराहारीमा झरेको छ ।

सन् २००७ मा अमेरिकामा कागजपत्रविहिन आप्रवासीहरुको संख्या १ करोड २० लाख रहेको थियो , जुन अहिलेसम्मकै अमेरिकी इतिहासमा उच्च रहेको थियो । तर क्रमश त्यो संख्या घट्दै गएको तथ्यांकले देखाएको छ ।

पिउ रिसर्चको रिपोर्ट अनुशार सन् १९९० मा अमेरिकामा कागजपत्रविहिन आप्रवासीहरुको संख्या ३५ लाख रहेकोमा सन् १९९५ मा ५७ लाख पुगेको थियो । त्यस्तै सन् २००० मा ८६ लाख कागजपत्रविहिनहरु अमेरिकामा रहेकोमा सन् २००७ मा यो संख्या १ करोड २२ लाखमा पुगेको थियो । तर सन् २०१६ मा अमेरिकामा कागजपत्रविहिनहरुको संख्या घटेर १ करोड ७ लाखमा झरेको तथ्यांकले देखाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकामा रहेको कागजपत्रविहिनहरुको जनसंख्यामा सबैभन्दा धेरै मेक्सिकनहरु ५४ लाख रहेको जनाइएको छ । त्यस्तै मध्य अमेरिकनहरु १८ लाख, साउथ अमेरिकनहरु ६ लाख, क्यारेबीयन ४ लाख, एसियन १३ लाख, युरोपियन र क्यानेडियन ५ लाख, मध्यपूर्वका डेढ लाख र अफ्रिकनहरु २ लाख रहेको रिपोर्टमा उल्लेख छ ।

झण्डै १० लाख कागजपत्रविहिनहरु देशनिकाला हुनबाट बचाउने अस्थायी सुरक्षामा रहेको रिपोर्टमा जनाइएको छ । सन् २०१८ को अगस्त ३१ सम्म अमेरिकामा गैरकानुनी रुपमा छिरेका ७ लाख युवाहरु डाका कार्यक्रमको संरक्षणमा रहेका छन् । त्यस्तै विभिन्न १० देशका झण्डै ३ लाख आप्रवासीहरु टीपीएसबाट संरक्षित रहेका छन् ।

कागपत्रविहिनहरुको रिपोर्टमा त्यस्ता व्यक्तिको नम्बर पनि समावेश गरिएको छ, जसले एसाइलम आवेदन हालेका छन् तर स्वीकृत भइसकेको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com