एकमहिनामा साढे ३ सय बढी नेपालीलाई नेपालबाटै ग्रिनकार्ड


प्रकाशित मिति : मंसिर ११, २०७५ मंगलबार

अमेरिकी सरकारको विदेश मन्त्रालयले आर्थिक बर्ष २०१९ को पहिलो महिना अर्थात् गतमहिना (अक्टोबर) मा अमेरिकाको आप्रवासी भिसा पाउने नेपालीहरुको विवरण सार्वजनिक गरेको छ । अक्टोबरमा अमेरिकाको ग्रिनकार्ड अर्थात् आप्रवासी भिसा पाउने नेपालीहरु ३६७ जना रहेका छन् । जसमध्ये ३५८ जनालाई काठमाडौंको रहेको अमेरिकी दूतावासमार्फत अमेरिकाको आप्रवासी भिसा जारी गरिएको छ ।

अमेरिका नपुगिकनै नेपालबाटै वा अन्य देशबाट ग्रिनकार्ड पाउने नेपालीहरु डिभी लोटरी, परिवारमा आधारित र रोजगारमा आधारित ग्रिनकार्डका आवेदकहरु हुन् । अक्टोबरमा सबैभन्दा धेरै नेपालीहरुले डिभी लोटरीमार्फत अमेरिकाको आप्रवासी भिसा प्राप्त गरेका छन् ।

अक्टोबरमा डिभी लोटरीका प्रारम्भिक विजेताहरु ८७ जना, उनीहरुका दम्पत्तिहरु ४३ जना र छोराछोरीहरु २१ जनाले अमेरिकाको आप्रवासी भिसा पाएका छन् । यसरी अक्टोबरमा १५१ जना नेपालीहरुले डिभी लोटरीमार्फत अमेरिकाको आप्रवासी भिसा पाएका छन् । जसमध्ये काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट डिभी लोटरीमार्फत अमेरिकाको भिसा पाउनेहरु १४६ जना रहेका छन् ।

अक्टोबरमा काठमाडौंमा रहेको दूतावासबाट आप्रवासी भिसा पाउनेहरु :

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै अमेरिकी नागरिकता प्राप्त गरिसकेकाहरुका ५६ जना नेपाली दम्पत्ति र २ जना नेपाली बच्चाबच्चीहरुले पनि अक्टोबरमा अमेरिकाको आप्रवासी भिसा पाएका छन् । त्यस्तै अति दक्ष एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड प्राप्त नेपालीका एकजना दम्पत्ति र २ जना छोराछोरीहरुले पनि अक्टोबरमा अमेरिकको आप्रवासी भिसा पाएका छन् । त्यस्तै पेशागत अतिरिक्त डिग्री वा विज्ञान, कला र ब्यापारमा अति दक्ष भएका कारण ग्रिनकार्ड प्राप्त व्यक्तिका एकजना दम्पत्ति, ५ जना दक्ष कामदार, एकजना उनीहरुका दम्पत्ति र एकजना बच्चाले पनि अक्टोबरमा अमेरिकाको आप्रवासी भिसा पाएका छन् ।

अक्टोबरमा आप्रवासी भिसा पाउने नेपालीहरु :

अमेरिकी नागरिकताप्राप्त नेपालीका अविवाहित छोराछोरी १ जना, अमेरिकी ग्रिनकार्ड प्राप्त नेपालीका दम्पत्ति २० जना, छोराछोरी ११ जना र अविवाहित छोराछोरी ४ जना, अमेरिकी नागरिकताप्राप्त नेपालीका विवाहित छोराछोरीहरु १ जना, दाजुभाई दिदीबहिनीहरु ५ जना, उनीहरुका दम्पत्तिहरु ३ जना र छोराछोरीहरु ५ जनाले पनि अक्टोबरमा अमेरिकाको आप्रवासी भिसा पाएका छन् ।

देशीय सिमाबन्दीको नियम नलागेका ग्रिनकार्डप्राप्त नेपालीका १७ जना दम्पत्तिहरु र ८ जना छोराछोरीहरुले पनि अक्टोबरमा अमेरिकाको आप्रवासी भिसा प्राप्त गरेका छन् । २१ बर्ष नाघेका अमेरिकी नागरिकताप्राप्त नेपालीका ५२ जना बाबुआमा, ७ जना दम्पत्ति र ८ जना छोराछोरीहरुले पनि अक्टोबरमा अमेरिकी भिसा पाएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com