साइकल गतिमा जनकपुर रेलः ३५ किलोमिटर पार गर्न डेढ घण्टा


प्रकाशित मिति : मंसिर ११, २०७५ मंगलबार

‘हाइस्पिड’ रेल सञ्चालनमा जापान, चीन र फ्रान्सबीच तीब्र प्र्रतिस्पर्धा छ ।

जापानले हालसम्म सबैभन्दा तीव्र गतिमा गुड्ने रेल सञ्चालनमा ल्याएको छ । सो रेल प्रतिघन्टा ६०३ किलोमिटर गुड्छ ।

फ्रान्सले प्रतिघन्टा ५७४ किलोमिटर र चीनले ५०१ किलोमिटर गुड्ने रेल चलाइसकेका छन् । प्रतिघन्टा न्यूनतम २०० किलोमिटरको गतिमा गुड्ने रेल चलाइसकेका छन् । प्रतिघन्टा न्यूनतम २०० किलोमिटरको गतिमा गुड्ने रेललाई ‘हाइस्पिड रेल’ को परिभाषाभित्र राखिएको छ ।

नेपालमा सन् २०१९ को सुरुबाट जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी भइरहेको छ । तर यो रेलको गति निकै सुस्त हुनेछ । पुरानो न्यारोगेज (२.६ फिट ट्रयाक) रेलवे विस्थापित गरी झन्डै चार वर्षपछि सञ्चालनमा आउने लागेको ब्रोडगेज (५.६ फिट ट्रयाक) रेल्वेमा गुड्ने रेलको गति साइकलको भन्दा बढी हुँदैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com