दुवै मृगौला फेल भई अबुधाबीमा छटपटाएका २५ बर्षका सुमनलाई सहयोगको अपिल


प्रकाशित मिति : मंसिर १०, २०७५ सोमबार

– रामकुमार परियार

दुवै मृगौला फेल भई अबुधाबीको एक सरकारी अस्पताल भर्ना भएका चितवन टाँडीका २५ वर्षीय सुमन परियारको उपचार खर्च जुटाउन सहयोगको अपिल गरिएको छ ।
अढाई वर्ष देखि अबुधाबीको एक कफि सपमा कार्यरत परियारको दुवै मृगौला फेल भएपछि अबुधाबी स्थित खलिफा अस्पतालमा नियमित डायलोसिस भईरहेको छ । चिकित्सकले चाँडै मृगौला प्रत्यारोपण गर्नुपर्ने बताएपछि त्यसका लागि आवश्यक खर्च जुटाउन सहयोगको आग्रह गरिएको छ ।

घरबिदा मनाएर युएई फर्किएको केही महिनामै उनमा खोकी लाग्ने , उल्टि आउने , टाउको दुख्ने जस्ता समस्या देखा परेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यहि समस्याले सुमनलाई तिहारको मुखमा च्याप्यो । ग्रस्त भएपछि साथीहरूले उनलाई कात्तिक २२ गते अबुधाबी स्थित एनएमसि अस्पताल लगेर स्वास्थ परिक्षण गराएका थिए । सोही रात रक्त परिक्षणको रिपोर्ट संगै अस्पतालबाट आकास्मिक फोन आयो , त्यसपछि तत्कालै साथीहरुले उनलाई अस्पताल लिएर गए । अस्पतालले सोहि रात ब्रुजिल अस्पतालमा रेफर र्गयो । त्यहाँ उपचार गर्न खर्चले नधान्ने भएकोले केही दिनपछि साथिहरुले खलिफा अस्पतालमा भर्ना गरे ।

अहिले उनी खालिफा अस्पतालको बेड नं २२ म जीवन र मृत्युसंग लडिरहेका छन् ।

“अस्पतालले छिटै मृगौलो प्रत्यारोपण गर्नुपर्छ भनेको छ , धेरै खर्च लाग्छ अरे । कहाँबाट ल्याउनु त्यत्रो पैसा ?“ परियारले आँसु खसाल्दै भने ।

भएको एउटै सन्तान विदेशमा बिरामी भएर थला परेको खबर थाहा पाएदेखी सुमनका बाबुआमाको आँखामा आँसु अडिएको छैन । छोराको जिवन बँचाउन आफ्नो एउटा मृगौला दिन तयार आमा चम्पा परियारले मृगौला प्रत्यारोपणमा लाग्ने खर्च जुटाउन देश विदेशमा रहने सम्पुर्ण नेपालीलाई सहयोगको अपिल गरेकी छिन ।

सुमन अस्पताल भर्ना भएपछि संगै काम गर्ने झापाकी भुमिका श्रेष्ठ , संजु गुरुङ लगायतले नियमित रेखदेख गरिरहेका छन् । सुमन कार्यरत मुसाफाको दलमा मल स्थित टिम हर्टसन कफी सपका साईट व्यवस्थापक संजु गुरुङले कम्पनीसंग कुरा गरेर उनको उपचारमा कम्पनीको तर्फबाट सक्दो सहयोग जुटाउने कोसिस गरिरहेको बताए ।

सुमनलाई सहयोग गर्न चाहनेले युएईमा पत्रकार रामकुमार परियार ०५२८६३८१४४ , कृष्ण सुनार ०५५२५००७८० र चितवनमा सुमनका बाबु शितलबाबु परियारलाई ९८४५४०६३५४ र आमा चम्पा परियारलाई ९८४५५२३३१९ मा सम्पर्क गर्न सक्नुहुन्छ । साथै आमा चम्पा परियारको नाममा रहेको ग्लोबल आईएमई बैंकको खाता नं ४२०७०१०००२८३५ मा सिधै रकम जम्मा गर्न सकिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com