अमेरिकी जेलमा डलरलाग्दो मृत्युदर !


प्रकाशित मिति : पुस १, २०७३ शुक्रबार

अमेरिकाका कैयन जेलहरुले केहीबर्षयता जेलभित्र कुनैपनि व्यक्तिको मृत्यु भएको बताएका छैनन् । त्यो ठीकै हो । जेलभित्र कैदीहरुको मृत्यु सामान्य होइन । त्यहाँ कार दुर्घटनाको खतरापनि हुँदैन, कर्मचारीलाई थाहा नदिई आत्महत्याको प्रयास पनि हुन सक्दैन । तरपनि अमेरिकाका कैयन जेलमा बर्षेनी ठूलोसंख्यामा कैदीहरुको मृत्यु हुने गरेको छ ।

तथ्यांक अनुशार हरेक बर्ष झण्डै १ हजार जना कैदीहरुको जेलभित्रै मृत्यु हुने गरेको छ । ती मध्ये अधिकांशको मृत्यु किन र के कारणले भयो भन्ने समेत सार्वजनिक गरिदैन । यद्यपी संघीय सरकारले जेलमा मृत्युहुनेहरुको तथ्यांक जम्मा गर्ने गरेको छ । तर यस्तो तथ्यांक भने बर्षौपछिमात्र सार्वजनिक गरिने भएकाले कसको मृत्यु के कारणले भयो भन्नेबारे छानविन हुन सकेको छैन ।

अमेरिकन सिभिल लिबर्टी युनियन नेशनल प्रिजन प्रोजेक्टका डाइरेक्टर डेभिड फाथीले राज्यको हिराशतमा ज्यान गुमाउनेहरुको बारेमा थोरैमात्र बिवरण आफूहरुले पाउने गरेको बताएका छन् । जेलमा कतिजनाको र किन मृत्यु भयो भन्ने विवरण सार्वजनिक गर्न नै सम्भव नहुने अरु कुनै विकशित देश आफूले नदेखेको उनले बताए ।

सबैभन्दा धेरै कैदीहरुको मृत्यु मेरिल्याण्डको चाल्र्स काउन्टी डिटेन्सन सेन्टर, ओहायोको डेलावर काउन्टी जेल, जर्जियाको फ्लोयड काउन्टी जेल, भर्जिनियाको ह्याम्पटन रोड्स रिजनल जेल, क्यालिफोर्नियाको इम्पेरियल काउन्टी जेल, एरिजोनाको पाइनल काउन्टी जेल, भर्जिनियाको रिचमण्ड सिटी जेल, भर्जिनियाकै रोनओके सिटी जेल, मिजौरीको सेन्ट लुइस काउन्टी जस्टिस सेन्टर र केन्टकीको वारेन काउन्टी रिजनल जेल सबैभन्दा धेरै कैदीहरुको मृत्यु हुने जेल हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गतबर्षको जुलाईयता अमेरिकी जेलमा ज्यान गुमाउनेहरुको संख्या ८ सय भन्दा धेरै रहेको छ ।

तस्विरमा सन् २०१५ को जुलाईयता जेलमा ज्यान गुमाउने केही व्यक्तिका तस्विरहरु ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com