दिनदिनै छोरीहरु बलात्कार भइरहँदा कुन खुशीयालीमा १८ करोडको गाडी चढ्न मन लाग्यो राष्ट्रपतिज्यु ?


प्रकाशित मिति : मंसिर ९, २०७५ आईतबार

म नेपाल र नेपालीलाई माया गर्ने एक नेपाली हुँ । आज १८ करोडको गाडी किन्ने विषयले हजुरको जताततै विरोध भैरहँदा मलाई हजुरको लागी एउटा पत्र लेख्न मन लाग्यो ।

जुन देशका नागरिकहरु औषधी उपचारको अभावमा मरिरहेका छन ,पोषणयुक्त खाना खान नपाएर हजारौ बालबालिका कुपोषणको शिकार भएका छन त्यो देशको राष्ट्रप्रमुखको हैसियतले हजुरलाई कसरी १८ करोडको गाडी चढ्न मन लागेको होला ?

सोध्न चाहन्छु ।समृद्द देशका राष्ट्रप्रमुखहरु पैदल हिडेर कार्यालय गएको, साईकल चडेर हिडेको त हजुरले पनि समाचारमा त सुन्नु नै भएको होला ।

राष्ट्रपतिज्यु,आज नेपालकी छोरी शृङ्खला खतिवडा विश्व सुन्दरी प्रतियोगिताको मञ्चमा नेपालको शान बढाउँदै छिन्, विश्वमा नेपाल चिनाउँदै छिन् ।बलात्कार पछि निर्मम हत्या गरिएकी स्व. निर्मला पन्तका बुवा यो देशमा न्यायको भिख माग्दा माग्दै मानसिक सन्तुलन गुमाउन पुगेका छन् ।हजुर यि दुई छोरिहरुको विषयबारे पक्कै पनि जानकार नै हुनु हुन्छ होला ?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हजुर त नेपालको राष्ट्रप्रमुख अनि सम्पुर्ण नेपाली नारिहरुको आमा समान हुनुहुन्छ ।तपाईकी छोरी निर्मला पन्तको निर्मम हत्या गर्ने हत्यारा पक्रन र उसको परिवारलाई न्याय दिलाउन एउटी आमाको नाताले तपाई ले पहलकदमी लिनु पर्ने हैन र ?

दिनदिनै तपाईका छोरीहरु बलात्कार भैरहँदा कुन खुशीयालीमा १८ करोडको गाडी चढ्न मन लाग्यो राष्ट्रपतिज्यु ?तपाईकी छोरी शृङ्खला खतिवडालाई विश्व सुन्दरिको ताज पहिराउन विश्वभरिका नेपाली हरु लागिरहदा तपाईको चै के गरिरहनु भएको छ राष्ट्रपतिज्यु ?

त्यसैले अहिले १८ करोडको गाडी चढ्नुको साटो स्व. निर्मला पन्तको परिवारलाई न्याय दिलाउन र विश्वसुन्दरिमा शृङ्खला खतिवडालाई जिताउन तपाई लाग्नु भयो भने सबैभन्दा ठुलो जित तपाईको हुनेछ राष्ट्रपतिज्यु ।

बरु त्यो १८ करोडले स्व. निर्मला पन्त र शृङ्ख ला खतिवडाको नाममा ९–९ वटा विद्यालय बनाईदिनु भयो भने पढ्न नपाएका तपाईका धेरै छोराछोरीले पढ्न पाउँछन ।त्यो खुशी तपाईले अरबौ रुपैयाँमा पनि किन्न सक्नुहुन्न राष्ट्रपतिज्यु ? महान त त्यो हुन्छ जो आफ्नो लागी हैन अरुको लागी बाँच्छ । तपाईसँग पनि यो अवसर छ खेर नफाल्नु होला ।

उही नेपाल र नेपाली लाई माया गर्ने तपाईको छोरो कुमार कट्टेल ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com