निर्मलाका बुवालाई विमानले लैजान नमानेपछि …..


प्रकाशित मिति : मंसिर ९, २०७५ आईतबार

मानसिक अवस्था बिग्रिएर उपचारका लागि काठमाडौं लैजान लागिएका निर्मलाका बुवालाई विमानले लैजान नमानेपछि गाडीमा पठाइएको छ । मानसिक रुपमा अस्वस्थ बन्नुभएका निर्मलाका बुवा यज्ञराज पन्तको असामान्य गतिविधिका कारण विमानमा लाने प्रयास असफल भएपछि उहाँलाई शनिबार राती गाडीबाटै काठमाडौं पठाइएको हो ।

यज्ञराजको गतिविधिका कारण विमानस्थल कार्यालयले उहाँलाई विमानमा लैजान अस्वीकार गरेपछि राति नै गाडीबाट पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख कुबेर कडायतले बताउनुभयो ।

उहाँले विमानबाट काठमाण्डौ लैजान सम्भव नदेखिएपछि राती सेती अञ्चल अस्पतालमा जाँच गरी प्रहरी र चिकित्सकको सुरक्षाकाबीच गाडीबाट काठमाडौं पठाइएको बताउनुभयो ।

‘गाडीलाई तोडफोड गर्ने मान्छेलाई हान्नेजस्ता उहाँका गतिविधिले गर्दा विमानमा लैजान सम्भव देखिएन’ प्रहरी प्रमुख कडायतले भन्नुभयो ‘त्यसैले सेती अस्पतालमा सामान्य जाँच गरेपछि राति साढे १० बजे तिर प्रहरी र एकजना चिकित्सकसहित गाडीमा पठाएका छौँ ।’छोरीको न्यायका लागि १५ दिनदेखि जिल्ला प्रशासन अगाडी धर्नामा बस्नु भएका उहाँको मानसिक अवस्था नाजुक बनेपछि उपचारका लागि काठमाडौं लाने तयारी भएको थियो । तर, महेन्द्रनगरबाट धनगढीसम्म लैजाने क्रममा उहाँले गाडी तथा विमानस्थलमा देखाएको गतिविधिका कारण विमानबाटै लैजान समस्या भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com