कपिलवस्तुमा प्रदेशसभा सदस्य पदका स्वतन्त्र उम्मेदवारको गोली हानी हत्या
प्रकाशित मिति : मंसिर ८, २०७५ शनिबार
शुद्धोधन गाउँपालिका वडा नम्बर–४, मोतीभारीका स्थानीय युवा नेता ३० वर्षीय दीपेन्द्रकुमार चौधरीको गोली हानी हत्या गरेको छ । शुक्रबार राति ३ जनाको समूहमा आएको व्यक्तिहरुले हानेको गोली टाउकोमा लागि गम्भीर घाइते चौधरीको उपचारका लागि भैरहवा लैँजादै गर्दा मृत्यु भएको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले बताउनुभयो । मृतक चौधरी गएको प्रदेशसभा चुनावमा कपिलवस्तु निर्वाचन नं. १ ख बाट प्रदेशसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार हुनुहुन्थ्यो ।
प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीको नेतृत्वमा घटना भएलगत्तै प्रहरी पुगी गोली हान्ने व्यक्तिहरुको पहिचान गरेको जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा २ जनालाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक रवि रावलले बताउनु भयो । गोली हान्ने व्यक्तिको पहिचान भइसकेको र थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।






