नौ हजारलाई सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक शिक्षा


प्रकाशित मिति : मंसिर ७, २०७५ शुक्रबार

सवारी दुर्घटना न्यूनीकरणका लागि नवलपुर जिल्ला ट्राफिक प्रहरी कार्यालयले नौ हजार व्यक्तिलाई ट्राफिक शिक्षा प्रदान गरेको छ । पूर्वपश्चिम राजमार्ग र भित्री सडक खण्डमा समेत दुर्घटनाका घटनामा कमी आउन नसकेपछि यसलाई न्यूनीकरण गर्न ट्राफिक प्रहरीले उक्त शिक्षालाई जोड दिएको हो ।

कार्यालयले राजमार्गसहित विभिन्न स्थानमा एक वर्षको अवधिमा सञ्चालन गरेको उक्त शिक्षाबाट नौ हजार व्यक्ति लाभान्वित भएको ट्राफिक प्रमुख लक्ष्मणबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार सवारी चालक दुई हजार ९००, पैदलयात्रु दुई हजार र विद्यार्थी चार हजार १०० गरी नौ हजारलाई ट्राफिक शिक्षा प्रदान गरिएको छ । सवारी साधन चलाउँदा ध्यान दिनुपर्ने कुराका साथै ट्राफिक नियमजस्ता जनचेतनामूलक शिक्षा प्रदान गरिएको उनको भनाइ थियो ।

नवलपुरमा विसं २०७४ पुसदेखि २०७५ मङ्सिरसम्म भएका १६२ सवारी दुर्घटनामा परी १०२ जनाले ज्यान गुमाइसकेका र गत कात्तिक महीनामा मात्र सवारी दुर्घटनामा १७ जनाले ज्यान गुमाएका थिए । चालकको लापरवाहीकै कारण धेरै दुर्घटना हुने भएकाले चालकलाई लक्षित गरी उक्त शिक्षा प्रदान गरिएको थियो ।विद्यार्थीमार्फत घरघरमा ट्राफिक नियमका सन्देश प्रवाह हुने भएकाले विभिन्न विद्यालयमा पुगी उक्त शिक्षा सञ्चालन गरिएको प्रमुख शाहीले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com