Follow @khasokhasmag

नेपाल आइडलको मन्चमा रवि ओडले देखाए कमाल, जजहरु नै परे तिनछक्क


प्रकाशित मिति : मंसिर ७, २०७५ शुक्रबार

नेपाल आइडल प्रथम संस्करणको अपार सफलता पछि यसको दोस्रो संस्करण पनि अहिले गाला राउण्डमा चलिरहेको छ ।

नेपाली दर्शकहरू समक्ष नेपाल आइडल- २ एपिवानटेलिभिजन मार्फत साउन २४ गते देखी हरेक हप्ताको बिहीबार र शुक्रबार दुईदिन राती ८:३0 देखि प्रसारण भइरहेको छ भने नेपाल आइडल सिजन २’ को क्रेज पनि दिनानुदिन बढ्दै गइरहेको छ । आइडलको अडिसनबाट नै यो पालीको सिजन पनि राम्रो हुने झल्को प्राप्त भैसकेको छ ।

अघिल्लो सिजनकै निर्णायक न्हयु बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी रहको नेपाल आइडल २ को प्रस्तोतामा भने रिमा विश्वकर्मासँग नयाँ अनुहार टेलिभिजन कार्यक्रम, टि भि सि निर्माता, गायक तथा अभिनेता आसिफ शाह छन् ।

नेपाल आइडलको आज (बिहिबार) हुने कार्यक्रमका सातैजना प्रतिस्पर्धीहरुले आ-आफ्ना आइडल संग गीत गाउने मौका पाएका छन्। आजको प्रस्तुतिमा नेपाल आइडलको मन्चमा रवि ओडले देखाए कमाल, साथै उत्कृष्ट प्रस्तुतिको उपाधि पनि हात परेका छन्।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com