भारतको अन्डामन र निकोवार टापुमा अमेरिकी पर्यटकको बाँण हानेर हत्या
प्रकाशित मिति : मंसिर ६, २०७५ बिहीबार
भारतको अन्डामन र निकोवार टापुमा एकजना लोपोन्मुख आदीवासी समुहले एकजना अमेरिकी पर्यटकको हत्या गरेकोछ । मारिने व्यक्ति २६ बर्षका जोन एलेन चाउ भएको जनाइएको छ ।
ति पर्यटकलाई नर्थ सेन्टिनल टापुमा लग्ने माझीहरुले बाण हानेर हत्या गरेपछि आदीवासीहरुले उनको लाश समुद्रको तटमा छाडेर हिँडेका छन् ।
स्थानिय संचार माध्यमले जोहन एललेन चाउ नामक उनी इसाइ धर्म प्रचारक रहेको जनाएको छ । विश्वबाटै अलगिएर बसेको अन्डामनका आदीवासीहरुसंग सम्पर्कमा रहनुलाई अवैध मानिन्छ । ति आदीवासीको संख्या करिव ५० देखि १ सय ५० मात्र रहेको बताइएको छ ।

ती पर्यटकको शव अहिलेसम्म पनि ल्याउन नसकिएको जनाइएको छ । चाउलाई टापुसम्म जान मद्दत गर्ने ६ जना माझीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
सरकारले ती आदिवासीहरुको भिडियो खिच्न र सामाजिक सञ्जालमा हाल्न समेत प्रतिबन्ध लगाउदै आएको छ । सन् २००४ मा आएको सुनामीपछि ती आदिवासीहरु चर्चामा आएका थिए । त्यसक्षेत्रमा उनीहरुको अवस्था बुझ्न गएको नेभीको हेलिकप्टरलाई समेत आदिवासीहरुले बाँण हानेका थिए ।







