लेखक राजन थपलिया र पत्रकार दीपक परियार अमेरिकामा सम्मानित


प्रकाशित मिति : मंसिर ५, २०७५ बुधबार

चर्चित युवा लेखक राजन थपलिया र संचारकर्मी दीपक परियार न्युयोर्क सिटी काउन्सिल सदस्य कोस्टा कोन्स्ट्यान्टिनिडेजबाट सम्मानित हुनुभएको छ । समुदायमा पुर्याएको योगदानका कारण उहाँहरुलाई सम्मानपत्र प्रदान गरिएको हो ।

राजन थपलियाले अँग्रेजी भाषामा झण्डै एकदर्जन पुस्तकहरु प्रकाशित गरिसक्नुभएको छ । उहाँका लेखरचनाहरु अमेरिकी मुलधारका कैयन संचारमाध्यममा प्रकाशित छन् ।

त्यस्तै दीपक परियार अमेरिकामा बस्दै आउनुभएको छ भने झण्डै १६ बर्षदेखि पत्रकारितामा सकृय रहदै आउनुभएको छ । बुटवलबाट प्रकाशित हुने नयाँदिशा दैनिकका प्रबन्ध निर्देशक हुँदै रेडियो जागरणको स्थापनाकालदेखि अहिलेसम्म नै निर्देशक रहनुभएका परियार जागरण मिडिया सेन्टरको वर्तमान बरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । उहाँ लगायत जागरण मिडिया सेन्टरको टिमले चर्चित टेलिश्रृंखला दलनको निर्माण गरेको थियो ।

थपलिया र परियार दुबैजना खसोखासकर्मी हुनुहुन्छ । थपलिया खसोखासमा अँग्रेजी सम्पादक हुनुहुन्छ भने परियार खसोखासको प्रिन्ट र अनलाइन दुबैको सामुदायिक सम्पादक हुनुहुन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com