नक्कली एसाइलम फाइल गरिदिने न्युयोर्कका कानुन व्यवसायी दोषी ठहर


प्रकाशित मिति : मंसिर ५, २०७५ बुधबार

नक्कली एसाइलम फाइल गरिदिने न्युयोर्कका कानुन व्यवसायीलाई म्यानहटनको संघीय अदालतले दोषी ठहर गरेको छ । न्युयोर्ककी क्वीन्सकी कानुन व्यवसायी आन्द्रिया दुमित्रुले एकसय भन्दा धेरै नक्कली एसाइलमका आवेदनको प्रतिनिधित्व गरेको अदालतले ठहर गरेको छ ।

जानाजान एसाइलमका आवेदनको गलत विवरण तयार पारेको तथा एसाइलम फ्रड गरेको अभियोगमा उनीबिरुद्ध मुद्दा चलाइएको थियो । सन् २०१३ को मार्च २७ देखि सन् २०१७ सम्म उनले नक्कली भएको जान्दाजान्दै एकसय भन्दा धेरै एसाइलमका आवेदनहरु फाइल गरिदिएको जनाइएको छ ।

४३ बर्षीय दुमित्रुमाथि लगाइएका तीनप्रकारका अभियोगका कारण उनलाई १७ बर्षसम्म जेल सजाय हुनसक्ने जनाइएको छ । एसाइलम फ्रडको अभियोगमा बढीमा १० बर्ष, नक्कली विवरण तयार पारेकोमा बढीमा ५ बर्ष र आइडेन्टिटी थेफ्टमा कम्तीमा २ बर्ष जेल सजाय हुनसक्ने जनाइएको छ ।

उनीबिरुद्ध युएससीआईएस, होमल्याण्ड सेक्युरिटीको अनुसन्धान, न्युयोर्क एसाइलम अफिसको जालसाजी छानविन युनिट लगायतले अनुसन्धान गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com