Follow @khasokhasmag

निसान मोटरका अध्यक्ष पक्राउ, भ्रष्टाचारको आरोप


प्रकाशित मिति : मंसिर ५, २०७५ बुधबार

जापानको कार कम्पनी निसान मोटरका अध्यक्ष कार्लोस घोसलाई प्रहरीले पक्राउ गरेको छ । जापानी मिडियाका अनुसार वित्तीय कानुनको उल्लंघन गरेकाले उनलाई प्रहरीले पक्राउ गरेको हो ।

६४ वर्षीय कार्लोसमाथि वास्तविक आम्दानी लुकाएको र कम्पनीको आम्दानीलाई निजी प्रयोगमा खर्च गरेको आरोप लागेको छ ।

कार्लोस घोस फ्रान्सको अटो कम्पनी रेनोको पनि अध्यक्ष र कार्यकारी प्रमुख अधिकृत (सीईओ) हुन् । कार्लोस जापानका टप सीईओहरुमध्ये एक हुन् ।

सन् १९९९ मा रेनोले निसानको शेयर खरिद गरेको थियो । त्यसपछि कार्लोस निसानसँग जोडिए र सन् २००१ मा सीईओ बन्न सफल भए । निसान कम्पनी धरासायी हुनबाट जोगाएको श्रेय कार्लोसलाई नै जान्छ ।

भ्रष्टाचारको आरोप लागेकाले सम्भव कार्लोसलाई प्रमुख पदबाट हटाइने समाचार एजेन्सीहरुले जनाएका छन् । निसान कम्पनीकै एक डाइरेक्टर ग्रेग केलीलाई पनि भ्रष्टाचार आरोप लागेको छ । उनलाई पनि त्यस्तै प्रकृतिको कारबाही हुने समाचारमा उल्लेख छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com