मंसिर लाग्नासाथै पूर्व उपसभामुख सुवेदीले गरिदिइन् ‘बुहारीको विवाह’


प्रकाशित मिति : मंसिर २, २०७५ आईतबार

पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी दम्पतीले जेठी बुहारीलाई छोरीका रूपमा विवाह गरेर पठाएकी छन् । संघीय सांसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति समेत हरेका सुवेदीले जेठी बुहारी मालती शर्मालाई छोरीको रूपमा विवाह गरी अन्माएर पठाएकी हुन् ।

सुवेदी पुत्र अच्युतराजको २०७२ वैशाख १२ गतेको महाभूकम्पमा परी निधन भएपछि एकल भएकी जेठी बुहारी मालतीलाई छोरीका रूपमा सुधीर गौतमसँग विवाह गरेर पठाएका हुन् । बुहारीले नै मना पराएको केटा नेपालगन्जका गौतमसँग मंसीर लाग्न साथै सुवेदीले परिवारले विवाह गरिदिएका हुन् । शनिबार घरपरिवारका सदस्यले आफन्त तथा केही नेताहरूको उपस्थितिमा मालतीलाई विवाह गरिदिए । पूर्णाका श्रीमान् प्रकाश सुवेदी पनि नेकपाका नेता हुन् ।

अच्युतको मृत्युपछि एकल भएकी थिइन् मालती। उनका दुई छोरा छन् । सुवेदी परिवारले मालतीको खुशी पनि पूरा हुने भन्दै आफ्नै घरबाट विवाहको विधि पुर्‍याएर अन्माएका थिए । दुई नातिको पालनपोषणप्रति चिन्ता गरेका सुवेदी परिवारले मालतीलाई खुसीका साथ बिदाइ गरेका छन् ।

बुहारीले विवाह गर्ने इच्छा गरेको र घरबाटै अन्माइदिन प्रस्ताव राखेपछि बुहारीलार्इ छाेरीसरह अन्माइएर दिँदा आफूलार्इ पनि खुसी लागेको ससुरा प्रकाश सुवेदीले बताए । उनले भने ‘समाजमा रहेका रुढीवादी परम्पराहरू तोडेर अघि बढ्नु पर्छ । हामीले पनि एकल रहेकी बुहारीलाई बाबु बनेर अन्माएर पठायौ, यो उनको खुसीका लागि हो ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२०७२ वैशाख १२ गते गएको महाभूकम्पमा मालतीको श्रीमान् अच्युतराज सुवेदीको मृत्यु भएको थियो । काठमाडौंमा बसेको बसेको होटेल भत्किदा च्यापिएर गम्भीर घाइते भएका सुवेदीको भारतीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com