अन्तर्दृष्टिको प्रधान संपादकमा छविरमण


प्रकाशित मिति : मंसिर २९, २०७३ बुधबार

 

अन्तर्राष्ट्रीय नेपाली साहित्यसमाजको त्रैमासिक पत्रिका “अन्तर्दृष्टि“को प्रधान सम्पादकमा छविरमण सिलवाल नियुक्त भएका छन् ।

अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा हालै बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।

नेपाली भाषा र साहित्यको विकासमा अढाई दशकदेखि समर्पित अनेसासको उक्त प्रकाशनमा साहित्यिक सिर्जनाका अतिरिक्त भाषा साहित्यिकका खोजमूलक लेखहरू समावेश गर्ने गरिन्छ ।

सिलवाल तीन दशकदेखि साहित्यिक सिर्जनाका साथै साहित्यिक पत्रकारितामा समर्पित छन् । सिलवालको कार्यावधि दुईवर्षको रहने छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com