स्कुल बसको ठक्करले पैदल यात्रुको मृत्यु


प्रकाशित मिति : कार्तिक ३०, २०७५ शुक्रबार

बेसीसहर नगरपालिका–१ उदिपुरस्थित उदिपुरखोलामा स्कुल बसको ठक्करले पैदल यात्रुको मृत्यु भएको छ । शुक्रबार बा ३ ख ७३९४ नम्बरको गोल्डेन फ्युचर बोर्डिङ स्कुलको बसको ठक्करबाट बेसीसहर नगरपालिक– ४ पुरानोकोटका ५३ वर्षीय टंकबहादुर गुरुङको मृत्यु भएको हो । गुरुङको टाउकोलगायत शरीरको अन्य भागमा चोट लागेको थियो ।

गैरीबाट विद्यार्थी ल्याएर उदिपुरमा फर्काउने क्रममा ब्याक गर्दा सो बसले बाटोमा हिड्दै गरेका गुरुङलाई ठक्कर दिएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङले बसका चालक सुन्दरबजार नगरपालिका घर भएका रोहित कार्की र बसलाई नियन्त्रणमा लिएर जिल्ला ट्राफिक प्रहरी कार्यालयमा राखेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com