मलेशियासँगको श्रम सम्झौता पत्र सार्वजनिक नभएपछि व्यवसायीहरु डरले थुरथुर, मेनपावर ब्यबसायीलाई झनै थिच्ने सरकारको यस्तो योजना


प्रकाशित मिति : कार्तिक ३०, २०७५ शुक्रबार

मलेशिया र नेपालबीच श्रम समझदारी पत्रमा यही कात्तिक १२ गते हस्ताक्षर भइसकेको छ। तर मलेशिया र नेपाल सरकारबीच भएको समझदारी पत्र नेपाल सरकारले सार्वजनिक गरेको छैन। यसै विषयलाई लिएर व्यबसायीहरु नेपाल सरकार र मलेशिया सरकारबीच भएको समझदारी प्रति संशकित बनेका छन्।नेपाल सरकार र मलेशिया सरकारबीच भएको श्रमसमझदारी पत्रमा उल्लेखित बुँदाहरु र नेपाल सरकारले जानकारी गराएको बुँदाहरु फरक हुन सक्ने व्यबसायीले आशंका गरेका छन्।

वैदेशिक रोजगार व्यबसायी संघका अध्यक्ष रोहण गुरुङले सरकारले श्रम समझदारीका बुदाँहरु सार्वजनिक नगर्नुमा सरकारको चलखेल हुनसक्ने आरोप लगाए । उनले भने, ‘सरकारले भित्रभित्र अर्कै र बाहिर देखावटी अर्कै कुरा गरेर आम जनताको आँखामा छारो हाल्ने काम गरिरहेको छ ।’श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भने नेपाल र मलेशियाबीच भएको श्रम समझदारी पत्रको तत्काल सार्वजनिक गर्न नसकिने बताएको छ । मलेशिया सरकारले पनि श्रम समझदारीका बुँदाहरु मलेशियामा सार्वजनिक नगरेकोले नेपालमा मात्रै श्रम समझदारी पत्र सार्वजनिक गर्न हतार नभएको मन्त्रालयले बताउँदै आएको छ ।

मलेशिया जाने क्रममा नेपालीहरु विभिन्न शिर्षकमा ठगीँदै आएपछि सरकारले गत जेठ २ गते देखि मलेशिया कामदार पठाउने प्रकृया बन्द गरेको थियो । झण्डै ६ महिनापछि यहि कात्तिक १२ गते मलेशिया सरकार र नेपाल सरकारबीच १७ वर्षपछि श्रम समझदारी पत्रमा हस्ताक्षर भएपछि नेपाली कामदारहरु फेरि मलेशिया जान पाउने भएका छन् ।तर नेपाली कामदार कहिले देखि मलेशिया जान पाउने भन्ने विषयमा भने टुंगो लागेको छैन । व्यबसायीहरु भने सरकारले मलेशियासँग तय गरेको श्रम समझदारीप्रति नै रुष्ट बन्दै आएका छन् । नेपाल सरकारले मलेशिया नेपाली कामदार पठाउँने सम्बन्धमा मलेशिया सरकारसँग गरेको नयाँ श्रम समझदारी अनुरुप व्यबसायीहरुले पाउने सेवा सुल्क कम भएको व्यबसायीहरुको गुनासो छ ।

श्रम समझदारी पत्रमा व्यबसायीहरुले नेपाली कामदार मलेशिया पठाए बापत प्रत्येक कामदारले एक महिनामा जति कमाइ गर्छन् उनीहरुको पहिलो महिनाको तलबको आधा रकम बराबरको रकम व्यबसायीहरुले पाउने व्यबस्था उल्लेख छ ।नेपाली कामदारहरु मलेशिया पठाउन लागत धेरै लाग्ने हुँदा आधा महिनाको तलब बराबर रकममा व्यबसायीहरुले कामदार पठाउन नसक्ने बताउँदै आएका छन् । करिब ३३ वर्ष अगाडीदेखि वैदेशिक रोजगारमा जान युवाहरुलाई सहयोग गर्दै आएको वैदेशिक रोजगार व्यबसायीहरुलाई नै सरकारले वास्ता नगरी एकलौटी निर्णय गरेकोले व्यबसायीहरुले थप गुनासो समेत गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com