गृहकार्य नगरेको आरोपमा १२ वर्षीय विद्यार्थीलाई पाँचसय पटक उठबस


प्रकाशित मिति : कार्तिक २९, २०७५ बिहीबार

विद्यालयहरु बालमैत्री बन्नुपर्छ । अझ अहिलेत स्थानीय तह नै बालमैत्री घोषणाको लहर छ । र देवचुली नगपालिका पनि बालमैत्री घोषणा भएको २ महिना पुगेको छ । तर, देवचुलीकै एउटा विद्यालयमा विद्यार्थीलाई सजाय स्वरुप ५ सय पटक उठबस गराइएको घटना बाहिर आएको छ ।

प्रगतिनगरस्थित नवल बोर्डिङ स्कुलको कक्षा ४ मा अध्ययन गर्ने ५ विद्यार्थीलाई गृहकार्य नगरिएको आरोपमा अंग्रेजी विषय शिक्षिका विद्या चापागाइईले कक्षा पाँचसय पटक उठबस गराएकी हुन् । १२ वर्षीय कुशल रानाभाट, रोहित खत्री, सुशान्त अर्याल, अंशुमन श्रेष्ठ र प्रिन्स बसेललाई उठवस गराएको विद्यालयका प्रिन्सिपल किरण भट्टराईले स्वीकारे ।

यातना पाएकामध्ये कुशल रानाभाट निकै कमजोर बनेका छन् । शिक्षिकाको सजायबाट रानाभाटको तिघ्रामा निलडाम छ । मांशपेशी थिलथिलिएको छ र सुन्निएको उपचारमा संलग्न प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीका चिकित्सक त्रिभुवन भण्डारीले बताए ।

शिक्षिकाले विद्यार्थीहरुलाई गत कात्तिक १८ गते कारबाही गरेको भए पनि ढिलो गरी घटना सार्वजनिक भएको हो । घटनालगत्तै तिहार बिदाका कारण विद्यालय बन्द भएकाले पनि घटना बाहिर आउन नसकेको पीडित बालकका दाजु केशव रानाभाटले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com