अधिकारकर्मीहरु अमेरिकी सरकारको निशानामा, २० जना पक्राउ, सरकारबिरुद्ध मुद्दा


प्रकाशित मिति : कार्तिक २९, २०७५ बिहीबार

अमेरिकी सरकारले आप्रवासीका हकहितमा काम गर्ने अधिकारकर्मीहरुलाई निशानामा पारेको भन्दै अधिकारकर्मीहरुले अदालतमा मुद्दा दायर गरेका छन् । खासगरी आप्रवासी हकहितका पक्षमा काम गर्ने कागजपत्रविहिन अधिकारकर्मीहरुलाई सरकारले निशानामा पारेको उनीहरुको आरोप छ ।

भर्मोन्टका अधिकारकर्मीहरुले बुधबार अदालतमा मुद्दा दायर गर्दै आफूहरुलाई डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले निशानामा पारेको दावी गरेका छन् । अधिकारकर्मीको आन्दोलनलाई दवाउन उनीहरुलाई आप्रवासनको बहानामा अनुसन्धान गर्ने, पक्राउ गर्ने र निगरानीमा राख्ने काम भइहेको अधिकारकर्मीहरुको भनाई छ ।

कम्तीमा २० जना त्यस्ता अधिकारकर्मीहरुलाई आइसले अध्यागमनसम्बन्धि विभिन्न बहानामा पक्राउ गरेको जनाइएको छ । भर्मोन्टको डिपार्टमेन्ट अफ मोटर भेइकलले पनि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई आप्रवासीका सुचनाहरु उपलब्ध गराएको उनीहरुको आरोप छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com