ओली सरकारले वृद्धभत्ता बढाउने अन्तिम तयारी ज्येष्ठ नागरिकलाई घरमै ५ हजार भत्ता दिने अब ?


प्रकाशित मिति : कार्तिक २८, २०७५ बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा ज्येष्ठ नागरिकको भत्ता बढाइने बताएका छन्। आफ्नो सरकार गठन हुँदा मुलुकको ढुकुटी रित्तो अवस्थामा रहेका कारण चालू वर्ष ज्येष्ठ नागरिक भत्ता बढाउन नसकेको उनले बताए।दशैंका अवसरमा बिर्तामोडमा आयोजित कार्यक्रममा प्रम ओलीले भने, “भनेजस्तो भएन भनेर ज्येष्ठ नागरिकलाई नरमाइलो लागिरहेको होला, आउँदो बजेटमा हामी भत्ता बढाइहाल्छौँ ।”

देशलाई सुशासन र समृद्धिको बाटोमा अघि बढाउने आफ्नो मुख्य सङ्कल्प भएको उल्लेख गर्दै उहाँले जनताको अपेक्षा र विश्वासलाई तलमाथि पर्न नदिने बताउँदै प्रम ओलीले भन्नुभयो, “मैले कर्तव्य बुझेको छु, नाकमा कालो लाग्न दिन्नँ ।”

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com