वनभोज खाएर फर्कर्दै गरेको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ जनाको अवस्था गम्भीर


प्रकाशित मिति : कार्तिक २६, २०७५ सोमबार

उदयपुरमा वनभोज खाएर फर्कर्दै गरेको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ३६ जना घाईते भएका छन् । सिमा क्षेत्रमा पर्ने कोशी पुलमा वनभोज खाएर फर्कदैँ गरेको स १ त ५८५० नम्बरको ट्याक्टर वेलका नगरपालिका ८ मा दुर्घटनामा परेको थियो ।

उदयपर प्रहरीले दिएको जनकारी अनुसार मृत्यु हुनेमा वेलका नगरपालिकाका २० वर्षका इन्द्र चौधरी, २० वर्षका दीपिका चौधरी र १९ वर्षकी विनिता चौधरी रहेका छन् ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा परेका सबै २ भागलपुरका स्थानीय हुन् । घाइतेहरुको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक नवीन सिंहले जानकारी दिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com